प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी « Khabarhub

प्रधानमन्त्री जोनसनविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतको मुख्य विपक्षी लेबर पार्टीले मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ । प्रस्तावमाथि बुधबार मतदान हुने अपेक्षा गरिएको छ ।

अविश्वासको प्रस्तावको अर्थ संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले तत्कालका लागि जोनसन नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा मतदान गर्नेछन् । सरकारले विश्वास गुमाएमा चुनावमा जाने सम्भावना पनि हुन्छ ।

एक साताअघि प्रधानमन्त्रीले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । अर्को नेता चयन नहुन्जेल उनी प्रधानमन्त्रीमा रहने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीले राष्ट्रिय हित विपरीत काम गरेको र यौन दुर्व्यवहारका आरोपित सांसदलाई संरक्षण गरेको भन्दै गत साता उनको मन्त्रिमण्डलका ४० भन्दा बढी मन्त्री र सहयोगीले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : ५६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु