एनसेलले ल्यायो आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ | Khabarhub Khabarhub

एनसेलले ल्यायो आकर्षक डेटा अफर ‘डबल मजा प्याक’


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर  ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ। याे अफरले ग्राहकलाई  १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गरेको छ ।

 ग्राहकहरूले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित रु १२५ मा खरिद गर्छ  भने प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनःखरिद गर्दछ भने उही शुल्क मा अब ५ जीबी को सट्टामा १० जीबी डेटा प्राप्त गर्न सक्ने छन् । यो अफर असार २४ गते सञ्चालनमा आएको हो 

समयावधि सकिनु अघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिदै जाने उक्त अफरको विशेषता हो । यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युम मा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ। प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिनेछ भने कुल अधिकतम समयसीमा २८ दिनरहने छ ।

‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं। आफ्नो डेटा को सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ,’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने।

एनसेल का ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरि यो प्याक सजिलै सुचारु गर्न सक्ने छन् । ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इ-सेवा, खल्ती, आइएमई पे जस्ता वालेट बाट पनि यो प्याक खरिद गर्न सक्ने छन्।

यो अफर अन्तर्गत ल्याइएको प्याक ले सुलभ दर मा डेटा सेवाको पहुँच प्रदान गदै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सकिने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : ०३ बजे

विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं– अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा

आजका समाचार : रास्वपा बैठकमै विवाद, मुकुलले मुखमा टेप टाँसे, एमालेले समर्थन फिर्ता लियो 

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै नेकपा (एमाले)

मन्थली-खिम्ती सडक कालोपत्र भएको १५ दिनमै उप्कियो

रामेछाप– मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ ।

ललितपुर महानगरले भत्कायो अतिक्रमित संरचना

पाटन– ललितपुर महानगरपालिकाले सम्पदा अतिक्रमण गरी बनाइएको व्यक्तिगत संरचना भत्काएको

फ्रिक्वेन्सी बक्यौता विवाद : पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ

काठमाडौं– भारतीय ब्यान्डविथ सप्लायर्स कम्पनी टाटाले एनसेललाई उपलब्ध गराउँदै आएको