दुबई भाग्ने श्रीलंकाली राष्ट्रपतिको योजना असफल, कर्मचारीले पासपोर्टमा छाप लगाइदिएनन् | Khabarhub Khabarhub

दुबई भाग्ने श्रीलंकाली राष्ट्रपतिको योजना असफल, कर्मचारीले पासपोर्टमा छाप लगाइदिएनन्


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदर्शनकारीको आक्रोश खेप्न नसकी फरार रहेका श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे भागेर दुबई जान खोजिरहेको दाबी गरिएको छ । गोप्य स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले राजपाक्षे भागेर दुबई जान खोजिरहेको दाबी गरेको हो ।

मुलुकमा आर्थिक संकट चुलिरहेको एवम् अत्यावश्यक वस्तुको चरम अभाव रहेको अवस्थामा आक्रोशित प्रदर्शनकारीले सरकारी निवास कब्जा गरेसँगै फरार रहेका राष्ट्रपति यसअघि विमानस्थलबाट भागेर विदेश जाने तरखरमा रहेको जनाइएको छ ।

यद्यपि मंगलबार मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीहरुसँग लज्जास्पद वादविवाद भएपछि उनी स्वदेशमा नै अड्केको एएफपीको दाबी छ ।

विमानस्थलको अति विशिष्ट कक्षका अध्यागमन कर्मचारीहरुले उनको राहदानीमा छाप नलगाइदिएपछि उनी स्वदेशमा नै रहन बाध्य भएका हुन् । आम सर्वसाधारणको आक्रोश खेप्न नसक्ने देखेर उनले सार्वजनिक कक्षको प्रयोग गर्न पनि अस्वीकार गरेको एएफपीको दाबी छ ।

यसअघि उनका कान्छा भाइ बसिल राजपाक्षे पनि विदेश भाग्न खोज्दा विमानस्थलबाट फर्काइएका थिए ।

उनी शनिबारयता अज्ञात स्थानमा लुकिरहेका छन् । यसअघि उनी विदेश फरार भइसकेको अड्कलबाजीहरु पनि सुनिएका थिए । यद्यपि केही दिनयता उनी उनकी श्रीमती र केही नजिकका मानिसहरुसँगै विमानस्थल नजिकैको सैनिक अखडामा लुकेर बसेको एएफपीले जनाएको छ ।

यद्यपि जलमार्गबाट उनले देश छाड्न सक्ने अनुमान गरिएको छ । उनले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् ।

तर, पदबाट राजीनामा दिएसँगै आफूमाथि विभिन्न अभियोगमा कारवाही हुने भयले उनले देश छाड्न लागेको जनाइएको छ । दुबईसँग श्रीलंकाको सुपुर्दगी सम्झौता नभएका कारण उनी दुबई जान चाहेको बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ४७ बजे

दक्षिण अफ्रिकालाई हराउँदै भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं – भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक

जेन-जी समूहले माग्यो लिखुपिके गाउँपालिकाको खर्च तथा प्रगति विवरण

सोलुखुम्बु– सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गठित जेन जी युवा समूहले गाउँपालिकाको

मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको

उद्योगको लाइन जोड्न मधेशका मुख्यमन्त्री सोनालले गराए ध्यानाकर्षण

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनालले उद्योगको लाइन अविलम्ब जोड्न

जेन-जी प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने एकजना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ‘जेन-जी’ प्रदर्शनका क्रममा हतियार लुट्ने एकजनालाई पक्राउ