दुबई भाग्ने श्रीलंकाली राष्ट्रपतिको योजना असफल, कर्मचारीले पासपोर्टमा छाप लगाइदिएनन् « Khabarhub

दुबई भाग्ने श्रीलंकाली राष्ट्रपतिको योजना असफल, कर्मचारीले पासपोर्टमा छाप लगाइदिएनन्


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदर्शनकारीको आक्रोश खेप्न नसकी फरार रहेका श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे भागेर दुबई जान खोजिरहेको दाबी गरिएको छ । गोप्य स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले राजपाक्षे भागेर दुबई जान खोजिरहेको दाबी गरेको हो ।

मुलुकमा आर्थिक संकट चुलिरहेको एवम् अत्यावश्यक वस्तुको चरम अभाव रहेको अवस्थामा आक्रोशित प्रदर्शनकारीले सरकारी निवास कब्जा गरेसँगै फरार रहेका राष्ट्रपति यसअघि विमानस्थलबाट भागेर विदेश जाने तरखरमा रहेको जनाइएको छ ।

यद्यपि मंगलबार मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारीहरुसँग लज्जास्पद वादविवाद भएपछि उनी स्वदेशमा नै अड्केको एएफपीको दाबी छ ।

विमानस्थलको अति विशिष्ट कक्षका अध्यागमन कर्मचारीहरुले उनको राहदानीमा छाप नलगाइदिएपछि उनी स्वदेशमा नै रहन बाध्य भएका हुन् । आम सर्वसाधारणको आक्रोश खेप्न नसक्ने देखेर उनले सार्वजनिक कक्षको प्रयोग गर्न पनि अस्वीकार गरेको एएफपीको दाबी छ ।

यसअघि उनका कान्छा भाइ बसिल राजपाक्षे पनि विदेश भाग्न खोज्दा विमानस्थलबाट फर्काइएका थिए ।

उनी शनिबारयता अज्ञात स्थानमा लुकिरहेका छन् । यसअघि उनी विदेश फरार भइसकेको अड्कलबाजीहरु पनि सुनिएका थिए । यद्यपि केही दिनयता उनी उनकी श्रीमती र केही नजिकका मानिसहरुसँगै विमानस्थल नजिकैको सैनिक अखडामा लुकेर बसेको एएफपीले जनाएको छ ।

यद्यपि जलमार्गबाट उनले देश छाड्न सक्ने अनुमान गरिएको छ । उनले पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन् ।

तर, पदबाट राजीनामा दिएसँगै आफूमाथि विभिन्न अभियोगमा कारवाही हुने भयले उनले देश छाड्न लागेको जनाइएको छ । दुबईसँग श्रीलंकाको सुपुर्दगी सम्झौता नभएका कारण उनी दुबई जान चाहेको बताइएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ४ : ४७ बजे

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख