औलोका बिरामी बढे « Khabarhub

औलोका बिरामी बढे


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका अस्पतालहरूमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालयका औलो रोग सम्पर्क व्यक्ति उर्मिला आचार्यका अनुसार भाइभाक्स, फाल्सिपारम, मलेरी, ओवाले, नोलेसीमध्ये कुनै एक परजीवी सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग सर्ने गर्दछ । ती परजीवीमध्ये फाल्सिपारम सबैभन्दा डरलाग्दो हुने उनले जानकारी दिए । 

विश्वमा चार सय जातका एनोफिलिज जातका लामखुट्टे पाइने भए पनि ६० जातमा मात्रै औलोको परजीवी प्रमाणित भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कोरोनाका कारण लकडाउन हुँदा मानिस घरबाट बाहिर ननिस्कनु, पानी कम परेकाले बिरामीको सङ्ख्या कम भएको उनले बताए । यस वर्ष नियमित जसो पानी पर्नु र मानिसको चहलपहल बढ्नुले औलोको सङ्क्रमण बढेको उनले जानकारी दिए ।

औलो हुँदा लगातार वा दिन बिराएर ज्वरो आउनु, चेतनामा परिवर्तन आउनु अथवा बेहोस हुनु, कम्जोर हुनु वा उठबस गर्न नसक्नु, खान नसक्नु, धेरै कम्पन हुनु, गहिरो स्वास लिनु लगायतका लक्षण देखापर्ने गर्दछ । यस रोगबाट बच्न पानीका खाल्डाखुल्डी पुर्नु पर्ने, झूलको प्रयोग नियमित गर्नुपर्ने, शङ्कास्पद देखिए तत्काल चिकित्सकको परामर्शमा जानु औलोबाट बच्ने मुख्य उपाय रहेको कार्यालयले जनाएको छ । नेपाललाई सन् २०२६ सम्म औलो मुक्त बनाउने घोषणा गरिएको छ । 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ४६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी