मल नपाउँदा रोपाइँमा ढिलाइ | Khabarhub Khabarhub

मल नपाउँदा रोपाइँमा ढिलाइ


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए ।

गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । मल, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको जिल्लाका किसानको गुनासो छ । नियमित पानी नपरेको कारण रोपाइँ गर्न समस्या भएको हरिवन नगरपालिका– २ का किसान रामपुकार महतोले जानकारी दिए । 

धेरै किसानको खेतमा बीउ छिप्पी सक्दा पनि मलको अभावले समयमै धान रोप्ने काम सुरु नभएको रमेश अधिकारीले गुनासो गरे । मल कुर्दा कुर्दै धानको ब्याड बिग्रदै गएको उनको भनाइ छ ।  केही किसानले भने महँगोमै भए पनि भारतीय रासायनिक मल किनेर धान रोपेका छन् । यसरी आएको मल बोराको रु दुई हजार २०० सम्ममा खरिद गर्नुपरेको किसानको गुनासो छ । मल ल्याउँदा सीमामा दुर्व्यवहारसमेत भोग्नु परेको किसान दीपेन्द्र महतोले गुनासो गरे ।

बागमती सिँचाइमा पानी ढिलोगरी सञ्चालन हुँदा पनि किसानले समयमा धान रोपाइँ गर्न नपाएको बताइएको छ । बागमती सिँचाइले मूल नहर मर्मत, सफाइ, नहरको ढोका निर्माण, मर्मत लगायतको काम स्थानीय निकायको निर्वाचनले गर्दा ढिलोगरी ठेक्का लगाएको र काम ढिला सकिएकाले पानी सञ्चालनमा ढिलाइ भएको बागमती भूमिगत जलस्रोत सिँचाइ आयोजनाले जनाएको छ । सिँचाइले नहरमा गत मंगलबारबाट पानी छोडेको हो । पानी सञ्चालन भएपछि नहर नजिकैका किसानले धमाधम धान रोपाइँ सुरु गरेका छन् ।

यसवर्ष धान रोपाइँ ढिला भएकाले उत्पादनसमेतमा कमी हुने कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमल देवप्रसाद कुशवाहाले बताए । उनका अनुसार समयमै मल नपाउनु, बागमती नहरमा पानी समयमै नछाडिनु लगायतका कारण धान रोपाइँ ढिलो भएको र  मौसमको समेत प्रभाव पर्ने भएकाले धान उत्पादनमा घट्न सक्नेछ । पम्पसेट तथा बोरिङको पानी लगाएर धान रोपाइँ गर्ने किसानसमेत दर्के पानीको पर्खाइमा छन् । जिल्लामा हरेक वर्ष ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

मधेस प्रदेशमा चैते र बर्खे दुबै मिलाएर वार्षिक १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा चार लाख तीन हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका किसानलाई मागेजति मल पुर्‍याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा सर्लाहीका प्रमुख दीपक थापा मगरले बताए । उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन सर्लाही शाखाले जिल्लाका किसानलाई मल तथा बीउबिजन उपलब्ध गराउँछन् । 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ५५ बजे

परराष्ट्रमन्त्रीले भनिन्- हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल

काठमाडौ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी- इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न