श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने | Khabarhub Khabarhub

श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान  र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन् । 

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिए । 

मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरूको उपचार खर्च वापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने  व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, ‘अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।’

उनले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च बिरामीले र ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने गरी कार्य सुरु भएको बताए ।

‘आकस्मिक दुर्घटनाहरुका लागि भने एक सय प्रतिशत खर्च नै सामाजिक सुरक्षा कोषले व्यहोर्ने भन्ने कुरा पनि सुरु गरेका छौँ’, मन्त्री कुवँरले भने। उनले सांस्कृतिककर्मी र सञ्चारकर्मी लागि पनि सामाजिक सुरक्षामा आवद्ध गरिने जानकारी दिए । 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ०४ बजे

भेन्चर हायर पर्चेजले आइपीओ निष्काशन गर्ने

काठमाडौं – भेन्चर हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि सधारण शेयर

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं– सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

भोजन लिपि स्वादले नेपाली-थाई मित्रतालाई महत्त्व दिएको छः मन्त्री खड्का

भक्तपुर – ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले नेपाली

म्याग्दीमा २३ हेक्टरमा सिँचाइ सुविधा विस्तार

म्याग्दी– राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१–०८२ मा म्याग्दी,

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने