पशुपति क्षेत्रभित्र उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय  | Khabarhub Khabarhub

पशुपति क्षेत्रभित्र उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ । पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपछीमा समेत नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै कोषले १ साउनबाट लागू हुनेगरि उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो । कोषले हिन्दु धर्माबलम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई शान्त बनाउन अभियान अघि सारेको हो । 

आन्तरिक मात्र नभई विदेशी पर्यटकहरूको समेत रोजाइको गन्तव्य पशुपति क्षेत्रभित्र पछिल्लो समयमा चर्को स्वरमा संगीत बजाउने, जुम्बा डान्स गर्ने, योगको नाममा अप्राकृतिक गतिविधि हुँदै आएको छ । कोषले धार्मिक आस्थाको केन्द्रलाई ध्यान गर्ने स्थलको रुपमा कायम राख्न अप्राकृतिक गतिविधि रोक्न सुरु गरेको हो ।  

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले विशुद्ध रुपमा योग र ध्यान गर्ने केन्द्र पशुपति क्षेत्रमा पछिल्लो समयमा गलत अभ्यास भएपछि त्यसलाई रोक्न काम सुरु गर्न लागिएको बताए । उनले भने, ‘विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रलाई शान्त बनाइ राख्न कोषले काम सुरु गरेको छ ।’ सुरक्षा निकाय, स्थानीयवासी र सरोकारवालाको सहकार्यमा कोषले अभियानकै रुपमा गलत गतिविधि पशुपति क्षेत्रभित्र हुन नदिने उनले बताए ।

पशुपति क्षेत्रको भण्डारखाल, श्लेष्मान्तक वन तथा मृगस्थली, शिव र पार्वतीको क्रीडास्थलको रुपमा रहेको बताउँदै विशुद्ध धार्मिक आध्यात्मिक ध्यान केन्द्रमा उत्श्रृंखल गतिविधि हुन गलत भएको बताएको छ । 

कोषले मर्निङ वाकको नाममा पौराणिक एवं ऐतिहासिक धार्मिक गतिविधिभन्दा भिन्न किसिमका गतिविधिहरू हुनु आपत्तिजनक विषय भएको बताउँदै ब्याटमिन्टन, फुटबल, भलिबल खेल्ने, चर्को स्वरमा संगीत बजाएर नाच्न नदिने बताएको छ । धार्मिक ध्यान केन्द्रमा अप्राकृतिक गतिविधि हुँदा पशुपति क्षेत्रमा रहेका बाँदर, मृग, तथा अन्य पशुपछी, आवतजावत गर्न कठिन हुनुको साथै उनीहरूको दैनिकीमै असर पुगेको कोषले जनाएको छ । 

सदस्यसचिव थापाले भने, ‘पशुपति क्षेत्रभित्र भएका अप्राकृतिक गतिविधिले बाँदर आक्रामक भएर बटुवामाथि आक्रमण गर्ने क्रम बढेको छ, बाँदर बस्ती पस्दा समस्या सृजना भएको छ, गलत काम रोक्ने काममा कोष लागेको छ ।’ 

भण्डारखाल क्षेत्रमा गलत क्रियाकलाप बढ्दा साधुसन्तहरूको ध्यान र पूजामा समेत नकारात्मक असर पुगेको बताउँदै उनले यस्ता क्रियाकलापले ऐतिहासिक स्मारक क्षेत्रमा रहेका बोटविरुवा जंगल क्षेत्रमा रहेका संरक्षित सम्पदाहरूको समेत विनाश बढेको बताए ।

कोषले १ साउनदेखि लागू हुने गरी हाल हुँदै आएको उच्श्रृंखल गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । यस्ता खालका गतिविधि नगर्न र नगराउन आग्रह गर्दै कोषले आग्रहलाई बेवास्ता गरे कानुन बमोजिम कारवाहीको प्रक्रिया समेत अघि बढाउने चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ३४ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी