श्रीलङ्काका राष्ट्रपति माल्दिभ्समा  « Khabarhub

श्रीलङ्काका राष्ट्रपति माल्दिभ्समा 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष बुधबार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स गएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेका र उक्त राजीनामा पत्र सभामुखलाई बुझाइने र राष्ट्रपतिको राजीनामाको औपचारिक घोषणा संसदबाट गरिने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

यसैबिच श्रीलङ्काका प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।

माल्दिभ्समा राष्ट्रपति गोटाबाया राजपाक्ष गएको खबरपछि सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।

प्रधानमन्त्री विक्रेमेसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारहरूमा जनाइएको छ । विक्रेमेसिङ्घेले दङ्गा मच्चाउनेहरूलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।

श्रीलङ्काको विदेश मन्त्रालयका एक पूर्व सल्लाहकारले भने, “हामी प्रधानमन्त्रीको पनि राजीनामा चाहन्छौँ किनकि राष्ट्रपतिले राजीनामा दिएमा हाम्रो संविधानअनुसार प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्ने छन् । नागरिकले उनीहरू दुवै असफल भएको देखिसकेका छन् । उनीहरू दुवै पदच्युत हुनुको विकल्प छैन ।”

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : १० बजे

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले