बेँसीसहर नगरपालिका पशु पूर्णखोपयुक्त पालिका घोषणा « Khabarhub

बेँसीसहर नगरपालिका पशु पूर्णखोपयुक्त पालिका घोषणा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर नगरपालिकालाई पशु पूर्णखोपयुक्त पालिका घोषणा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङद्धारा बुधबार आयोजित  कार्यक्रममा बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पशु पूर्णखोपयुक्त पालिका घोषणा गरेका हुन् ।

 भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. रूपेश श्रेष्ठले बेँसीशहरको ३२ हजार नौ सय ७० पशुहरूमा विभिन्न प्रकारका खोप लगाइएको बताए ।  बेँसीसहर नगरपालिकामा मात्रै ३७ हजार नौ सय ६३ पशुपालन हुँदै आएको तथ्यांक छ ।

जसमध्ये ८६ दशमलव आठ प्रतिशत पशुमा विभिन्न प्रकारको खोप लगाइसकिएको छ । बेँसीशहरमा एक हजार सात सय ५५ गाई गोरु, चार हजार तीन सय ९ भैंसी, २४ हजार सात सय २७ भेडा बाख्रा, नौ सय ४९ बुंगुर, एक हजार दुई सय ३० कुकुर बिरालोलाई खोप लगाएको कार्यालयको तथ्यांक छ । 

अघिल्लो आर्थिक वर्षबाट जिल्लाका दुई स्थानीय तहमा पशु पूर्ण खोप कार्यक्रम सञ्चालन भएकोमा बेँसीसहर नगरपालिकामा अघिल्लो र चालु आर्थिक वर्षमा यो कार्यक्रम सञ्चालन भएको हो । गत आर्थिक वर्षमा बेँसीशहरसँगै मध्यनेपाल नगरपालिकामा पनि यो कार्यक्रम सञ्चालन भएको थियो । मध्यनेपाल नगरपालिकालाई  ३२ असारमा पशु पूर्णखोपयुक्त पालिका घोषणा गर्न तयारी भएको छ । 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षबाट सुन्दरबजार नगरपालिकामा पनि कार्यक्रम कार्यन्वयनमा ल्याएको हो । सुन्दरबजार नगरपालिकालाई पनि केही दिनमा मिति तय गरी पशु पूर्ण खोप पालिका घोषणा गर्ने कार्यालयको तयारी छ । 

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : ३२ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम