पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।

अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ ।

पहिरो पन्छ्याउनका लागि नेपाल प्रहरीको टोली खटाएको प्रहरी नायब उपरीक्षक थापाले बताए। हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : ४० बजे

नेपालमा चौथो पटक एमपक्स पुष्टि

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड बढी

चितवन– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूको सुरक्षामा कडाइ

वासिङ्टन– इरानका तीन वटा परमाणु स्थलमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा

मौनता तोड्दै मोदीले गरे इरानी राष्ट्रपतिसँग फोन वार्ता

नयाँदिल्ली– अमेरिकी आक्रमण भएको केही घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले