अत्यधिक गर्मीका कारण बिरामीको संख्या बढ्यो  | Khabarhub Khabarhub

अत्यधिक गर्मीका कारण बिरामीको संख्या बढ्यो 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– तराईमा यतिबेला प्रचण्ड गर्मी छ । गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ । पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा  भने ३० प्रतिशत पनि सकिएको छैन । अत्यधिक गर्मीका काम गर्नुपर्ने बाध्यताका कारण किसानहरू बिरामी पर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांकअनुसार पछिल्लो ७ दिनदेखि बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको छ । 

जलेश्वर प्रादेशिक अस्पताल महोत्तरीमा पछिल्लो ७ दिन यता ३० प्रतिशत बिरामी बढेको अस्पतालका डा. प्रदिपकुमार साहले जानकारी दिए । उनका अनुसार भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा‍. साहको भनाइ छ ।

सरकारी अस्पताल मात्र हैन निजी अस्पतालसमेत भरिभराउ देखिएका छन्। अत्यधिक गर्मी कै कारण सर्पको डसाइमा समेत वृद्धि भएको छ । जिल्लाको बर्दिबास सर्पदंश उपचार केन्द्र गौरीडाँडामा मात्र दुईजनाको मृत्यु भइसकेको छ भने जिल्लाका अन्य उपचार केन्द्रमा पनि सर्पले डसेका बिरामीको संख्या अधिक बन्दै गएको छ । गर्मीकै कारण लामखुट्टेको सङ्ख्यामा समेत वृद्धि भएको छ । जसको कारणले भाइरल ज्वरो, टाइफाइडका बिरामीहरू बढेको चिकित्सकहरूको बताए ।

अत्यधिक गर्मीले बच्चाहरूमा समेत समस्या बनेको छ । महोत्तरीमा अहिले अधिकतम तापक्रम ३६ डिग्री सेल्सियस छ । अत्यधिक बढेको गर्मीले जनजीवनसमेत अस्तव्यस्त बन्न थालेको छ । बिहानैदेखि बहने तातो हावा र चर्को घामले मजदुरहरू काममा जानसमेत छाडेका छन् । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १२ : ४० बजे

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि

विद्या भण्डारीलाई ईश्वर पोखरेलको ढाडस- चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई

अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेन

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको

विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने