काजोलले सिरिज नगर्दा सुष्मितालाई फाइदा  « Khabarhub

काजोलले सिरिज नगर्दा सुष्मितालाई फाइदा 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेत्री काजोलले ओटीटीमा डेब्यु गरिसकेकी छिन्। यद्यपि उनले वेब सिरिजमा डेब्यु गरेकी छैनन् । उनले ओटीटीको लागि फिल्ममा काम गरेपछि उनलाई सिरिजको लागि निर्देशक राम माधवानीले अप्रोच गरेका थिए ।  तर, उनले सिरिज नखेल्ने भन्दै स्वीकार गरिनन् ।  उनले त्यो समयमा आफूले सिरिजमा काम गर्ने मनस्थिति नरहेको बताएकी थिइन् ।  किनकि उनले वेब सिरिज नगर्दा त्यो अफर सुष्मिता सेन कहाँ पुग्यो ।

त्यो सिरिज थियो,’आर्या’। सिरिज रिलिज भएपछि सुष्मिताको राम्रो चर्चा भयो । एक ग्याङ्गस्टरको छोरी र एक बच्चाको आमाको भूमिका निर्वाह गरेकी सुष्मिताले राम्रो चर्चा समेत पाइन्। काजोलले आफू बल्ल सिरिजको लागि तयार भएको बताइन् । यद्यपि उनले सिरिज नगर्दा सुष्मितालाई राम्रै फाइदा भयो । सिरिजलाई स्क्रिप्ट पढेर पनि काजोलले नगर्ने बताएकी थिइन् ।

‘आर्या’ को दुई सिजन आइसकेको छ । दर्शक तेस्रोको प्रतीक्षामा छन् ।  साथै, सुस्ताएको सुष्मिताको करियरले पनि गति लिएको छ । फिल्ममा उपस्थिति कम भइरहँदा सिरिजले दिएको सफलताले उनलाई पुनः व्यस्त बनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ३ : ५९ बजे

पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८

रविलाई स्वागत गर्दै भाजपा अध्यक्ष नितिन नवीनले के भने ?

काठमाडौं- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा

कास्की– अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको

वीरगञ्जका मेयर सिंहलाई चार लाख १५ हजार धरौटी लिएर रिहा गर्न आदेश

वीरगञ्ज- लिखतसम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा

एल निनोको असर फरक–फरक हुने चेतावनी

जेनेभा– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का जलवायु