ई-स्पोर्टसबारे बालेनको प्रष्टीकरण : कुनै अमुक संस्था वा खेलका लागि बजेट छुटाइएको छैन | Khabarhub Khabarhub

ई-स्पोर्टसबारे बालेनको प्रष्टीकरण : कुनै अमुक संस्था वा खेलका लागि बजेट छुटाइएको छैन


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले ई-स्पोर्टसका लागि छुटाइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रष्टीकरण दिएका छन् ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यो आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने विधा भएको दाबी गरेका छन् ।

‘ई-स्पोर्टसका लागि छुटाइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने बिधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दै छ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सृजनशील बनाउनका लागि महानगरले बजेट छुटाएको हो ।

कानुनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । साथसाथै, यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरूको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बालेनले ई-स्पोर्टसका नाममा ‘रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई फाइदा हुने गरी एक करोड बजेट छुटाएको चर्चा चलेको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : १२ बजे

हल्लेखर्क र कुरमुनीमा खानेपानी सुविधा विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलका ४० घरमा

डीप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

नारायणगढ– भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ

कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं– तीन दिन अभि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार

श्रीकृष्णको जीवन गहिरो आध्यात्मिक ज्ञानको स्रोत : उपराष्ट्रपति यादव

कामठाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको