कश्मीरमा आतंककारी आक्रमण बढेको भन्दै मुलसमान नेताद्वारा चिन्ता व्यक्त « Khabarhub

कश्मीरमा आतंककारी आक्रमण बढेको भन्दै मुलसमान नेताद्वारा चिन्ता व्यक्त


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै भारत प्रशासित जम्मु कश्मीरमा सांघातिक आक्रमणको श्रृङ्खला बढिरहेको भन्दै मुसलमान नेताहरुले चिन्ता व्यक्त गरेका छन् । जम्मु कश्मीरका ग्राण्ड मुफ्ती नासिर उल इस्लामले यस्ता ‘अमानवीय अपराध’ को छानबिन गर्न माग गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले जनताको सुरक्षामा ध्यान दिई हरेक धर्मावलम्बीबीचको भातृत्व कायम गर्न समेत आह्वान गरे । उनले आतंककारीहरुले कश्मीर उपत्यकामा आक्रमणहरु बढाइरहेको भन्दै त्यहाँ मानवको रगत र मानवीयता सस्तो भएको समेत टिप्पणी गरे ।

‘इस्लाम, साँच्चै भन्दा, हरेक धर्मले हरेक मानिसको सुरक्षामा जोड दिन्छ । यदी कुनै समस्या छ भने समाधानका लागि रगत बगाउनु मानवताको विरुद्धमा छ ।’ उनले भने ।

उनले कश्मीर उपत्यकामा काम गर्ने मानिसहरुको सुरक्षाको जिम्मा स्थानीय जनताको पनि भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : २० बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले