इस्लामावादमा आपराधिक घटना बढ्दै « Khabarhub

इस्लामावादमा आपराधिक घटना बढ्दै


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको राजधानी इस्लामावादका सडकमा आपराधिक प्रवृत्तिका घटनामा वृद्धि हुन थालेको पाइएको छ । राजधानी सहरमा लुटपाट, चारी र डकैतीको घटनामा उल्लेख्य वृद्धि भएको पाइएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार इस्लामावादमा मात्रै यो वर्षको पहिलो ५ महिनामा ५ हजार ४ सय ६६ वटा अपराधका उजुरी दर्ता भएका छन् ।

अघिल्लो वर्षको यही अवधिमा केबल १ हजार ९ सय ३४ वटा अपराधका घटना दर्ता भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

यीमध्ये इस्लामावादमा १ हजार ४८ वटा लुटपाटका घटना दर्ता गरिएका छन् । अघिल्लो वर्षको यही अवधिमा इस्लामावादमा केबल ३९९ वटा मात्रै लुटपाटका घटना दर्ता गरिएका थिए ।

यसबाहेक यही अवधिमा इस्लामावादमा ७५ वटा हत्या, १४६ वटा हत्या प्रयासको उजुरी पनि दर्ता गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ४ : ३४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ