किशोरी मृत्यु प्रकरणमा दुई जना पक्राउ « Khabarhub

किशोरी मृत्यु प्रकरणमा दुई जना पक्राउ


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– एक होटलमा बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । गत शनिबार दिउँसो बुटवल–३ गोलपार्कस्थित होटलको कोठामा सुदीक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शुक्रबार साँझ असिमसँगै होटलमा गएकी सुदीक्षालाई झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

मृतकका परिवारजनले असिमविरुद्ध जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि श्रेष्ठ र अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख केसीले बताए । यसअघि इलाका प्रहरी कार्यालयले दिएको सूचनामा मृतकको नाम समीक्षा र उमेर १७ वर्षको भएको उल्लेख गरिए पनि मृतकका बुबाले दिएको जाहेरीमा भने मृतक किशोरीको नाम सुदीक्षा रहेको र उमेर १६ वर्षको रहेको उल्लेख छ ।  

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ५ : २२ बजे

आज २०८२ साल फागुन २४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २४ गते आइतबार चैत

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’