महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी « Khabarhub

महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । 

वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को क बमोजिम गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था छ तर अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्यका रुपमा एक अधिकारीका रुपमा रहको पाइएको वाइसिएलको उजुरीमा उल्लेख छ ।

गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर तह बराबरको शैक्षिक योग्यता हुनुपर्नेमा अधिकारीले स्नातक मात्रै उत्तीर्ण गरेको पाइएको वाइसियलको आरोप छ । कुनै पनि दलमा संलग्न व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भए पनि उनी एम अधिकारीका रुपमा एमालेको अर्थ तथा योजना विभागमा रहेको पाइएकाले कारबाहीको माग गर्दै उजुरी दर्ता गराइएको वाइसिएलका संयोजक देवकोटाले जानकारी दिए । 

बुधबार मात्रै वाइसिएल र अखिल (क्रान्तिकारी) ले गभर्नर अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : २६ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर