केकीपछि साम्राज्ञीको ‘बेबी फेस’ « Khabarhub

केकीपछि साम्राज्ञीको ‘बेबी फेस’


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी व्यस्त नायिका हुन् । टन्नै फ्यान फलोइङ भएकी साम्राज्ञीको शीर्ष भूमिका रहने ‘मारुनी’ रिलिजको क्रममा छ । फिल्मको शूटिङ सेटबाट पनि साम्राज्ञीले आफ्ना तस्वीरहरु शेयर गरिरहन्थिन् ।

यतिबेला भने साम्राज्ञीले इन्स्टाग्राममा एउटा तस्वीर शेयर गर्दै क्याप्सनमा लेखेकी छिन् – बेबी फेस । यो तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् । साथै साम्राज्ञीलाई साह्रै सुन्दर देखिएको प्रतिक्रिया दिएका छन् ।

केही दिनअघि मात्र नायिका केकी अधिकारीले पनि सामाजिक सञ्जालमा आफ्नो बच्चाबेलाको तस्वीर शेयर गरेकी थिइन् । उक्त तस्वीर फ्यानले रुचाएका थिए ।

साम्राज्ञीले शेयर गरेको तस्वीरमा भने स्न्यापच्याट फिल्टर प्रयोग गरेर आफ्नो वर्तमान अनुहारलाई नै ‘बेबी फेस’ बनाएकी हुन् । ‘सुपर क्युट देखिनुभयो,’ एक फ्यानले लेखेका छन् । अर्का एक फ्यानले भने प्रश्न सोध्दै लेखेका छन्, ‘कस्तो पाराको पोज हो यो ?’

गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा साम्राज्ञी अभिनेता धिरज मगरका साथ देखिएकी थिइन् । यो फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो । ‘मारुनी’ पछि उनलाई दशैँमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ मा पनि देख्न सकिनेछ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ४५ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर