कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाही « Khabarhub

कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाही


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन्  । वीरेन्द्रनगरमा आज ‘गोरेटो बार एण्ड रेष्टुराँ’ को उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको विकासले प्रदेशको समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

मुख्यमन्त्री शाहीले ‘हाई क्वालिटी’ का बारररेष्टुराँले यहाँ आउने पर्यटकलाई आरामदायी वातावरणको महसुस गर्न सक्ने बताए । ‘अहिले पनि कर्णाली आउने जो कोही व्यक्तिले वीरेन्द्रनगरमा राम्रो होटेल रेष्टुराँ छैन भनेर गुनासो गरेको सुनिन्छ’, उनले भने, ‘यस्ता सुविधासम्पन्न होटल खुल्दा स्वयं लगानीकर्ता व्यवसायी मात्र मुनाफा नभई समग्र प्रदेशको विकासमा धेरै मद्दत पुग्दछ ।’ नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्ष निरक केसीले सुविधासम्पन्न होटल रेष्टुराँले कर्णालीको पर्यटन विकासका साथै रोजगारीका अवसर सिर्जना हुने धारणा राखे । 

कांग्रेसका जिल्ला नेता हरि विष्ट र पत्रकार ज्योति कटुवालले करिब रु तीन करोड लगानीमा उक्त बार सञ्चालनमा ल्याउनुभएको हो । बारका सञ्चालक विष्टले १५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको र सुविधा थप विस्तार गर्दै जाने जानकारी दिए। उक्त अवसरमा मुख्यमन्त्री शाहीले समाजसेवी जयन्ती थापालाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ८ : ०४ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले