महाराजगञ्जमा खुल्यो महिला कर्मचारीद्धारा सञ्चालित ‘एनसेल सेन्टर’ « Khabarhub

महाराजगञ्जमा खुल्यो महिला कर्मचारीद्धारा सञ्चालित ‘एनसेल सेन्टर’


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले काठमाडौँको महाराजगञ्जमा सम्पूर्ण रुपमा महिला कर्मचारीद्धारा सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

महिला कर्मचारीद्धारा व्यवस्थापन तथा सञ्चालन गरिएको एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने जनाएको छ । एनसेलको यो अवधारणा महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासका लागि योगदानको रुपमा कम्पनीले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डिइआई) मिसन अनुरुप रहेको हुँदा कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गरेको समेत जनाएको छ ।

सम्पूर्णरुपमा महिला कर्मचारीहरुबाट सञ्चालित एनसेल सेन्टर सञ्चालनमा ल्याइएको बारेमा आफ्नो उत्साह साट्दै एनसेलका मानव संशाधन तथा प्रशासकीय अधिकृत युवकराज श्रीवास्तवले भने, ‘काठमाडौँको मुटु महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्धारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौँ ।’

‘यो कदमले एनसेलको विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।,’ उनले अगाडि भने ।

त्यसैगरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भनिन् ,‘ यस अघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरैजसो पुरुषहरुको सहभागिताका लागि निरन्तर प्रयासहरु भएका छन् । विगत ३/४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएका छन् । दुरसञ्चार क्षेत्रमा सेवा दिने परिप्रेक्ष्यमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सदृढ हुन सम्भव छ ।’

यस एनसेल सेन्टरबाट ग्राहकले ऐनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिंगको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तराष्ट्रिय रोमिंग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

ऐनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विशेष अफर पनि रहेको एनसेलले जनाएको छ । जसअन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहले बोनस प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १० : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब