बजेट पारित भएपछि मन्त्रिमण्डलमा हेरफेर हुन्छ : प्रचण्ड « Khabarhub

बजेट पारित भएपछि मन्त्रिमण्डलमा हेरफेर हुन्छ : प्रचण्ड


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरिएको बजेट पारित भएपछि मन्त्रिमण्डलमा केही हेरफेर हुने बताएका छन् ।

बजेट पारित भएपछि प्रधानमन्त्री केपी ओलीले केही मन्त्री परिवर्तन गर्ने प्रचण्डको भनाइ थियो । ‘मन्त्रीमण्डल पुनर्गठन गर्ने विषयमा अहिले नै कुनै निर्णय भइसकेको छैन, तर बजेट पारित भएपछि केही हेरफेर गर्ने कि भनेर प्रधानमन्त्री र मेरोबीच छलफल भएको छ,’ पत्रकारको जिज्ञासामा प्रचण्डले भने ।

सरकारले आफ्नो पहिलो वर्षलाई आधार वर्षका रुपमा मानेर संवैधानिक र कानूनी रुपले गर्नुपर्ने कामहरुतर्फ बढी ध्यान केन्द्रित गर्नुपरेको पनि प्रचण्डको भनाइ थियो ।

पार्टी एकताका क्रममा भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई पनि नभएको उल्लेख गर्दै प्रचण्डले पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अगाडि नै सार्वजनिक भइसकेको भए पनि अहिले विवादमा ल्याउन खोजिएको बताए ।

अध्यक्ष प्रचण्डले गुठीसम्बन्धी कानूनलाई एकीकृत बनेको विधेयकलाई नयाँ शीराबाट अगाडि बढाइने पनि बताए । जनस्तरबाट भएको विरोधका कारण अहिलेलाई विधेयक फिर्ता लिइएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ११ : ३१ बजे

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली