निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक बस्दै | Khabarhub Khabarhub

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक बस्दै


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ ।

समिति गठन भएको चौथो दिन आज बिहान १० बजे बैठक बस्न लागेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्।

हिजो बसेको बैठकले सात दिनभित्र गरिसक्ने कामको कार्यतालिका बनाएर पारित गरेको थियो । त्यसअनुसार आज तीन चरणमा बैठक बस्ने उनले बताए ।

समितिले आवश्यक कागजात हिजो २ बजेसम्म बुझाइसक्न भनेको थियो। तर मन्त्रालयले कागजात उपलब्ध गराउन ढिलाई गरेको थियो।छानबिन समितिले बजेटसम्बन्धी सम्पूर्ण कागजातसहित सिसिटिभी फुटेजको भिडिओ उपलब्ध गराउन मन्त्रालयलाई भनेको थियो।

बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न गठित समितिले १० दिनको कार्यादेश पाएको छ। शर्माले सो समितिलाई सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिनमा सघाउने भन्दै राजीनामा दिएका थिए।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : २५ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको