कुटपिटबाट ५५ वर्षीया एक महिलाको मृत्यु « Khabarhub

कुटपिटबाट ५५ वर्षीया एक महिलाको मृत्यु


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ  । मृत्यु हुनेमा कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो  । 

स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गणेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो । सोही विवादको क्रममा राजेश र गणेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरूको कुटपिटबाट जीरादेवीको मृत्यु भएको बुहारी अमरीदेवी मण्डलले जानकारी दिइन् । 

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।  कुटपिटमा संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : ११ बजे

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका विषयमा

कञ्चनपुरमा लागूऔषध मुद्दाका ३३४ जना पक्राउ

महेन्द्रनगर- गत वर्ष कञ्चनपुर प्रहरीले लागूऔषध मुद्दामा महिला तथा पुरुष

‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १९४ जनाले लिए सेवा

काठमाडौं– सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार

पाकिस्तानसँगको युद्धका कारण अफगान सीमाका बालबालिकाको सिकाइ प्रभावित

बारिकोट- पाकिस्तानसँगको युद्धका कारण अफगानिस्तानको सीमावर्ती गाउँ बारिकोटमा विद्यालय स्तरका

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री