'म मन्त्री र सेनाप्रहरी सहितको उद्धार टोलीसँग सिन्धुपाल्चोक गएको हुँ' | Khabarhub Khabarhub

‘म मन्त्री र सेनाप्रहरी सहितको उद्धार टोलीसँग सिन्धुपाल्चोक गएको हुँ’


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्मती– बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताएका छन् ।

पत्रकारसँग कुरा गर्दै उनले हेलिकप्टर उद्धार टोली लिएर जानैपर्ने भएकाले आफूहरू गएको बताए । उनले पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पुर्‍याउन सकिने राहत सामग्रीसहित आफू एक पटक मात्र हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेकोबाहेक १४ उडान थपिएर आएको खबरमा सत्यता नरहेको जिकिर गरे । 

‘म मन्त्रीहरू र सेनाप्रहरी सहितको उद्धार टोलीसँग एकपटक सिन्धुपाल्चोक गएको हुँ, १५ वटा उडानको चर्चा कसरी आयो ?’, उनले भने । यदि त्यही एकपटक हेलिकप्टर प्रयोग भएको कुरालाई १५ पटक बढाएर बिल बनाउने काम भएको रहेछ भने त्यो गम्भीर र अक्षम्य अपराध भएकाले त्यसको स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने उनको भनाइ छ । 

स्थानीय जनप्रतिनिधि भएको हिसाबले तत्कालीन सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल संघीय पूर्वमन्त्री शेरबहादुर तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेनाका मध्यपृतना प्रमुख, नेपाल प्रहरीका प्रदेश प्रमुखसहितको टोली पहिरो निरीक्षणका लागि एक पटक सिन्धुपाल्चोक गएको उनले बताए ।

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गते गएको पहिराबाट प्रभावित परिवारलाई एक लाखको राहत बाँड्दा २८ लाखभन्दा बढी हवाई भाडा तिरेको उल्लेख छ ।

पहिराबाट प्रभावित परिवारलाई एक लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलीले १२ पटक सेनाको हेलिकप्टर र एक निजी सेवाको हेलिकप्टर तीनपटक गरेर क्रमशः २५ लाख ६८ हजार र रु तीन लाख गरी २८ लाख ६८ हजार खर्च गरेको भन्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : ४२ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको