‘म यस्तो गीत गाउँछु २’ को तयारीमा सुदर्शन थापा ? | Khabarhub Khabarhub

‘म यस्तो गीत गाउँछु २’ को तयारीमा सुदर्शन थापा ?


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फिल्मको सिक्वेल निर्माण गर्ने क्रम बढ्दो छ । उही नाम सापटी लिएर फरक कथामा फिल्म बनाउने क्रम पछिल्लो समय घटेको छैन, बरु बढेको छ । जेठमा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ लाई पनि वीर विक्रम को सिक्वेलका रुपमा बनाइएको भनिएको थियो । तर, ‘वीर विक्रम २’ चलेन । त्यसो त ‘वीर विक्रम’ पनि आफैमा सफल चलचित्र होइन ।

फ्लप फिल्मको सिक्वेल बनाउने चलन नेपालका लागि अब नौलो भएन । यता निर्देशक सुदर्शन थापाले फिल्म ‘म यस्तो गाउँछु २’ बनाउने घोषणा २ वर्षअघि नै गरेका थिए । यद्यपि फिल्म अहिलेसम्म बनेको छैन । पल शाह र पूजा शर्माको जोडी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ पनि बक्स अफिसमा औसत व्यापार गर्ने फिल्म बनेको थियो ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’ को एक दृश्यमा पल शाह र पूजा शर्मा ।

‘म यस्तो गीत गाउँछु २’ बनाउँछु भनेर घोषणा गरे पनि पछि सुदर्शन थापाले ‘रामकहानी’ निर्देशन गरेका थिए, जुन फिल्म गतवर्ष रिलिज भएको थियो । त्यसपछि फेरि उनी फिल्म ‘सम्हालिन्छ कहिले मन’ को निर्माणमा जुटे ।

यतिबेला भने निर्देशक सुदर्शन थापा पुन: ‘म यस्तो गीत गाउँछु २’ को तयारीमा जुटेका छन् । निकट स्रोतका अनुसार उनी अब ‘सम्हालिन्छ कहिले मन’ पछि उनी यही फिल्म बनाउने मनशायमा छन् । तर फिल्मा पल शाह फेरि दोहोरिने भन्नेमा अहिले नै पक्का भन्न सकिने अवस्था छैन । पूजा शर्मा भने नायिकाका रुपमा रहने उच्च सम्भावना छ ।

पल शाहलाई ‘म यस्तो गीत गाउँछु’ ले केही हदसम्म क्रेडिट दिएको थियो । पछिल्लो समय उनी अभिनित फिल्म खासै सफल बन्न सकेका छैनन् । यदि ‘म यस्तो गीत गाउँछु २’ मा पल नै भित्रिए भने निर्माण टिम र पल दुवैलाई फाइदा पुग्ने कतिपयले आँकलन गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १२ : ३२ बजे

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला

आज ‘नेशनल म्युजिक अवार्ड’, यी कलाकारको हुनेछ लाइभ प्रस्तुती

काठमाडौं – रेडियो कान्तिपुरले शनिबार यस संस्करणको ‘नेशनल म्युजिक अवार्ड’

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको