फुटबलर एन्जिलालाई लिनिङको साथ « Khabarhub

फुटबलर एन्जिलालाई लिनिङको साथ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी  गोलरक्षक एन्जिला तुम्बापो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । ललितपुरको एक रेस्टुरेन्टमामा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो । सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलरक्षक समेत रहेकी एन्जिला र लि निङका सिईओ राज महर्जनले हस्ताक्षर गरे । 

सम्झौतासँगै एन्जिलाले पहिलो वर्ष ट्रयाक सेट पाँच थान, टिसर्ट पाँच थान, जुत्ता पाँच थान र मोजा पाँच थान  प्राप्त गर्नेछिन् । एन्जिलाले यस अवसरमा आफू खुसी भएको र यो सहयोगले झनै खेल्न हौसला हुने बताइन् । 

‘अवसर पाउँदा खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई समेत सहयोग गर्दिनू होला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,’ एन्जिलाले भनिन् । 

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य सरिला श्रेष्ठ, पूर्व उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थित थियो  ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : २५ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि