अस्पतालको एउटा भवन बनाउन १० वर्ष « Khabarhub

अस्पतालको एउटा भवन बनाउन १० वर्ष


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको एउटा भवन बनाउन १० वर्षको समय लागेको छ । सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको हो ।

तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पुरा भएको हो ।

अञ्चल अस्पतालको ‘ए’ ब्लक २०६९ सालमा नै निर्माण भएको थियो । २०६६ वैशाख १ गते २ वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण सम्पन्न भएको हो ।

अस्तपालतको ‘बी’ ब्लकको भवन ६ करोड ६० लाख ३९ हजार २ सय १४ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले ६ करोड ५१ लाख १६ हजार २ सय ८८ रकम लिएर पटक–पटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो । ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण गरेकोे आयोजना कार्यन्वयन एकाइका लेखा अधिकृत महेश सिग्देलले बताए ।

अन्तिम भुक्तानी लिन आउने समयमा म्याद नागेको जरिवानासमेत कार्यालयले असुलउपर गर्ने लेखा अधिकृत सिग्देलको भनाइ छ ।

नयाँ निर्माण भएको ३ तले सुविधा सम्पन्न उक्त भवनमा करीब ४० कोठा छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १ : ०४ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका