अस्पतालको एउटा भवन बनाउन १० वर्ष « Khabarhub

अस्पतालको एउटा भवन बनाउन १० वर्ष


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको एउटा भवन बनाउन १० वर्षको समय लागेको छ । सुविधा सम्पन्न ‘बी’ ब्लक भवन निर्माण शुरु भएको १० वर्षमा पूरा भएको हो ।

तत्कालीन बागलुङ जिल्ला अस्पताललाई रुपान्तरण गरी अञ्चल अस्पतालका लागि चाहिने भवन निर्माण थालिएको १० वर्षपछि बल्ल पुरा भएको हो ।

अञ्चल अस्पतालको ‘ए’ ब्लक २०६९ सालमा नै निर्माण भएको थियो । २०६६ वैशाख १ गते २ वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिष, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लक हाल मात्रै निर्माण सम्पन्न भएको हो ।

अस्तपालतको ‘बी’ ब्लकको भवन ६ करोड ६० लाख ३९ हजार २ सय १४ लागतमा निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीले ६ करोड ५१ लाख १६ हजार २ सय ८८ रकम लिएर पटक–पटक ताकेता गर्दासमेत सम्पर्कविहीन बनेको थियो । ठेक्का रद्द गर्ने अन्तिमपत्र निर्माण व्यवसायीलाई पठाएपछि हाल आएर निर्माण गरेकोे आयोजना कार्यन्वयन एकाइका लेखा अधिकृत महेश सिग्देलले बताए ।

अन्तिम भुक्तानी लिन आउने समयमा म्याद नागेको जरिवानासमेत कार्यालयले असुलउपर गर्ने लेखा अधिकृत सिग्देलको भनाइ छ ।

नयाँ निर्माण भएको ३ तले सुविधा सम्पन्न उक्त भवनमा करीब ४० कोठा छन् ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १ : ०४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को