नामिबियासँग पहिलो हारको बदला लिने योजनामा नेपाल | Khabarhub Khabarhub

नामिबियासँग पहिलो हारको बदला लिने योजनामा नेपाल


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले आज तेस्रो खेल खेल्दैछ।

स्कटल्याण्डमा रहेको नेपाल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नामिबियासँग भिड्ने भएको हो।

नेपाल आज नामिबियाविरुद्ध पहिलो हारको बदला लिने योजनामा छ। नामिबिया नेपाललाई लगातार दोस्रोपटक हराउन चाहन्छ।

पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । श्रृंखलाको पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।

यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौँ स्थानमा छ। नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा छ।

अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ५६ बजे

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई

गृहमन्त्री लेखकद्वारा विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग छलफल

काठमाडौं– गृहमन्त्री रमेश लेखकले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित तराई–मधेशका स्थानीय

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको