अभिनयमा राज कुन्द्राको डेब्यु « Khabarhub

अभिनयमा राज कुन्द्राको डेब्यु


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – गतवर्ष पोर्नोग्राफी केसमा मुछिएर ६४ दिनसम्म जेल परेका राज कुन्द्राले अभिनयमा डेब्यू गरेका छन् । बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राजले गत महिना ‘यूटी नम्बर ६९’ नामक फिल्मको सुटिङ मुम्बईमा पूरा गरेका हुन् ।

सुटिङको लोकेशन मुम्बईको सब–अर्बन इलाका मीरा रोडमास्थित डब्बा फ्याक्ट्रीमा थियो । फिल्मको नाम आर्थर रोड जेलको त्यो ब्यारेकसँग सम्बन्धित छ, जहाँ राज कैदीका रुपमा बन्द थिए । फिल्मको सुटिङ १८ दिनमा सम्पन्न भएको थियो । अब यसलाई ओटीटी प्राइम भिडियोलाई बेच्ने तयारी भइरहेको छ ।

‘फिल्ममा राज कुन्द्रा आफैंले अभिनय गरेका छन् । आर्थर रोड जेलमा जब उनी थिए, त्यहाँ जे कुरा उनीमाथि भयो, त्यसलाई फिल्मको कथामा देखाइएको छ । फिल्मलाई गुपचुप सुटिङ गरिएको छ । फिल्मको सेकेण्डरी कास्टमा अरु कोही छैनन् । फिल्मको चर्चा बढी नहोस् भनेर राजले कोही कलाकार लिएनन्’, फिल्म निकट स्रोतले भनेको छ ।

फिल्मका कास्ट एण्ड क्रु पनि एक दुई वटा फिल्ममा काम गर्ने मात्र छन् । ब्यानरको नाम द बिगर पिक्चर हो । फिल्मको निर्देशन शाहनवाज अलीले गरेका छन् । आर्ट डिरेक्टर नीरजकुमार सिंहले डब्बा फ्याक्ट्रीलाई आर्थर रोड जेलमा रुपान्तरण गरेका हुन् ।

गत वर्ष राजमाथि पोर्न फिल्म बनाएको आरोप लागेको थियो । यो मुद्धामा मुम्बई प्रहरीले राजसहित १० व्यक्तिलाई आरोपी बनाएको थियो । सबैविरुद्ध चार्जशिट दायर भइसकेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ११ : २० बजे

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया