भक्तपुर जिल्ला अदालत ब्रम्हायणी सर्दै  « Khabarhub

भक्तपुर जिल्ला अदालत ब्रम्हायणी सर्दै 


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर दरबार क्षेत्रमा रहेको जिल्ला अदालत भक्तपुर नगरपालिका–९ स्थित नवनिर्मित आधुनिक भवनमा सर्ने भएको छ । भवन निर्माण सम्पन्न हुनासाथै दरबार क्षेत्रबाट सर्न लागेको हो ।

ब्रम्हायणीको तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजनाभित्रको ६ रोपनी १४ आना जग्गाभित्र निर्माण भइरहेको जिल्ला अदालत भवन निर्माण ८० प्रतिशत सकिएको छ । जिल्ला अदालतका शाखा अधिकृत एवं सूचना अधिकारी विमल पराजुलीले भवन निर्माण ७५ देखि ८० प्रतिशत सकिएको कन्ट्याक्टरले जानकारी दिएको जनाए । उनले छिट्टै अर्थात् चार पाँंच महिनाभित्र नयाँ भवनमा सर्ने योजना रहेको जनाए ।

चार वटा लिफ्टसहित यो भवन सात तल्ला हुनेछ । अन्डरग्राउन्डको दुई तल्लामा पार्किङ, पहिलो तल्लामा सेवाग्राहीको लागि ५० कार र ८० वटा मोटरसाइकल तथा दोस्रो तल्लामा न्यायाधीश तथा कर्मचारीहरूको लागि १५ वटा कार र २४ वटा मोटरसाइकल पार्किङ गर्न सकिने गरी निर्माण गरिएको छ ।

भवनमा कूल दुई सय ४२ वटा कोठा हुनेछन् । त्यसमा १४ वटा इजलास हुनेछन् भने ७० जना क्षमताको तालिम कक्ष र दुई सय ५० जना क्षमताका हलसमेत हुनेछ । अदालतले भक्तपुर दरबार क्षेत्रस्थित पुरानो भवन साँघुरो भएपछि करिब ११ रोपनी क्षेत्रफलको दुई कित्ता जग्गा खरिद गरेको थियो ।

भवन निर्माण ठेक्का केसी–शर्मा–समानान्तर जेभीमार्फत् भइरहेको छ । भवन एक अर्ब ३६ करोड ६७ लाख ९० हजार चार सय ८२ रुपैयाँ बजेटमा निर्माण भइरहेको छ । भवनको शिलान्यास २०७७ माघमा भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : ४२ बजे

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया