लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने | Khabarhub Khabarhub

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन् ।

बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ ।

लेवान्डोवस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए । गत सिनजको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लब समक्ष आग्रह गरेका थिए । बायर्नले भने उनको प्रस्ताव अस्वीकार गर्दै आएको थियो ।

जाभीको टोलीले बिहीबार मात्र ओसामाने डेम्बेलेसँगको सम्झौता दुई वर्षका लागि नवीकरण गरेको थियो । बार्सिलोनाले यसअघि नै आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाले शुक्रबार लिड्स युनाइटेडका राफिन्हालाई भित्राएको थियो । बार्सिलोनाले राफिन्हालाई ६७ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

लेवान्डोवस्कीले बायर्नबाट लगातार आठ पटक बुन्डेसलिगाको उपाधि जितेका थिए । उनी सन् २०१४ मा बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया डर्टमन्डबाट बायर्नमा भित्रिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ४३ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशमा पिँडालुको कलिलो पात, दूध र दही

विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिइँदै

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु