निर्माण पूरा नहुँदै चर्कियो जुम्ला र कालिकोट जोड्ने पक्की पुल « Khabarhub

निर्माण पूरा नहुँदै चर्कियो जुम्ला र कालिकोट जोड्ने पक्की पुल


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला र कालिकोट जोड्ने सिञ्जाखोला पुलको निर्माण कार्य सम्पन्न नहुदै चर्किएको छ। पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो।

पुल निर्माणको क्रममा (प्रिस्टेट) गर्दा चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो।

सिञ्जाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिए। इन्जिनियर शर्माले भने ठेक्का नम्बर ३ को उक्त सिञ्जाखोला र छिडेना पुलको सूर्य कन्ट्रक्सन फम प्रा.ली सुर्खेतले काम गर्ने जिम्मा लिएको थियो।

२०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल २०७५ साल चैत १४ मा सम्पन्न गरि सक्ने सम्झौता थियो। उक्त पुल डिजाइनमा समस्या भएपछि फेरी रिडिजाईन गर्नुपरेको थियो। यो वर्ष भने पुल संचालनमा ल्याउने तयारी थियो। तर प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ।

पुलमा समस्या आएको र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ। साउन ६, ७ गते जुम्लामा भारतको इन्जिनियरको टिम आइपुग्ने शर्माको भनाइ छ।

सड्क डिभिजनका अनुसार कमसल सामग्री नभएको तर प्रिस्ट्रेस पुल नयाँ भएकाले स्किल टिमले फरक गछौँ। सो पुलको अहिलेसम्म तीन पटक म्याद थपि सकिएको छ। रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ। सिञ्जाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ। यो पुलले ५० टन लोड धान्ने बताइएको छ।

निर्माण सम्पन्न नहुदै पुल चर्किएपछि स्थानीय त्रसित भएका छन्। सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज जीर्ण भईसकेको छ। त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य र नेपाल पत्रकार महासंघको टिमले शुक्रबार पुलको अनुगमन गरेका छन्। समन्वय समितिका प्रमुख आचार्यले सो पुलको विषयमा सम्वन्धित निकायमा के भएको र चाडै काम सूचारु गर्न समन्वय गर्ने बताए।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ०३ बजे

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले