निर्माण पूरा नहुँदै चर्कियो जुम्ला र कालिकोट जोड्ने पक्की पुल | Khabarhub Khabarhub

निर्माण पूरा नहुँदै चर्कियो जुम्ला र कालिकोट जोड्ने पक्की पुल


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्ला र कालिकोट जोड्ने सिञ्जाखोला पुलको निर्माण कार्य सम्पन्न नहुदै चर्किएको छ। पुलको निर्माण कार्यको ढलान समेत गरिसकिएको भएपनि चर्किएर खतरा अवस्थामा पुगेको हो।

पुल निर्माणको क्रममा (प्रिस्टेट) गर्दा चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले जनाएको छ। सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो।

सिञ्जाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिए। इन्जिनियर शर्माले भने ठेक्का नम्बर ३ को उक्त सिञ्जाखोला र छिडेना पुलको सूर्य कन्ट्रक्सन फम प्रा.ली सुर्खेतले काम गर्ने जिम्मा लिएको थियो।

२०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल २०७५ साल चैत १४ मा सम्पन्न गरि सक्ने सम्झौता थियो। उक्त पुल डिजाइनमा समस्या भएपछि फेरी रिडिजाईन गर्नुपरेको थियो। यो वर्ष भने पुल संचालनमा ल्याउने तयारी थियो। तर प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ।

पुलमा समस्या आएको र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ। साउन ६, ७ गते जुम्लामा भारतको इन्जिनियरको टिम आइपुग्ने शर्माको भनाइ छ।

सड्क डिभिजनका अनुसार कमसल सामग्री नभएको तर प्रिस्ट्रेस पुल नयाँ भएकाले स्किल टिमले फरक गछौँ। सो पुलको अहिलेसम्म तीन पटक म्याद थपि सकिएको छ। रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ। सिञ्जाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ। यो पुलले ५० टन लोड धान्ने बताइएको छ।

निर्माण सम्पन्न नहुदै पुल चर्किएपछि स्थानीय त्रसित भएका छन्। सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज जीर्ण भईसकेको छ। त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य र नेपाल पत्रकार महासंघको टिमले शुक्रबार पुलको अनुगमन गरेका छन्। समन्वय समितिका प्रमुख आचार्यले सो पुलको विषयमा सम्वन्धित निकायमा के भएको र चाडै काम सूचारु गर्न समन्वय गर्ने बताए।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ०३ बजे

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक

कञ्चनपुर– ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि

विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

म्याग्दी–  विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन्