करारका कर्मचारी हटाउने महाङ्काल गाउँपालिकाको निर्णयमा एमालेको विरोध  | Khabarhub Khabarhub

करारका कर्मचारी हटाउने महाङ्काल गाउँपालिकाको निर्णयमा एमालेको विरोध 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकालेको भन्दै विरोध भएको हो ।

एमाले महाङ्काल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्त प्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’

नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउँपालिकाले गरेको निर्णयमा आफूहरु बोली नसकेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारी हटाउँदा विरोध भएको  छ ।’

गाउँपालिकामा सूचना प्रविधि अधिकृतका रुपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए । गाउँपालिका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रकृया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परीक्षा लिन्छौँ । प्रतिस्पर्धात्मक रुपमा भर्ना हुन्छ । ’

गाउँपालिकाले कृषि, भेटेनरी, ल्याब टेक्निसियन (मानिखेल अस्पतालका बाहेक),१० वर्षसम्म कार्यालय सहायकका रुपमा काम गरेका कर्मचारीको करार अवधि नथप्ने भएको हो।

गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत, सव निञ्जिनियर,खानेपानी तथा सरसफाई टेक्निसियन, आईएमएस अपरेटर, फिल्ड सहायक,उद्यम विकास सहजकर्ता, कानुनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप नगर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ५६ बजे

विश्वकप एसिया छनोट: यूएईले नेपाललाई दियो ११५ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सात वर्षमा पनि पूरा भएन दैजी–जोगबुढा सडक

कञ्चनपुर– ठेक्का सम्झौता भएको सातवर्षसम्म पनि महेन्द्रनगर र डडेल्धुराको भित्रि

विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

म्याग्दी–  विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन्