करारका कर्मचारी हटाउने महाङ्काल गाउँपालिकाको निर्णयमा एमालेको विरोध  « Khabarhub

करारका कर्मचारी हटाउने महाङ्काल गाउँपालिकाको निर्णयमा एमालेको विरोध 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको महाङ्काल गाउँपालिकाले करारका कर्मचारी हटाउने निर्णय गरेसँगै आफू निकट कर्मचारी हटाएको भन्दै राजनीतिक दलले विरोध जनाएका छन् । गाउँपालिकाको कार्यपालिका बैठकले १० वर्षदेखि काम गरिरहेका ४५ जना कर्मचारी निकालेको भन्दै विरोध भएको हो ।

एमाले महाङ्काल गाउँपालिका अध्यक्ष पुरुषोत्तम हुमागाईले गाउँपालिकाले पार्टी हेरेर कर्मचारी हटाएको आरोप लगाए । उनले भने, हामी यो निर्णयको सशक्त प्रतिरोध गर्छौं । छिट्टै विरोधको कार्यक्रम सार्वजनिक हुन्छ ।’

नेकपा माओवादी गाउँपालिकाले अध्यक्ष बुद्ध नेगीले गाउँपालिकाले गरेको निर्णयमा आफूहरु बोली नसकेको बताए । उनले भने, ‘काम गरिरहेका कर्मचारी हटाउँदा विरोध भएको  छ ।’

गाउँपालिकामा सूचना प्रविधि अधिकृतका रुपमा काम गरिरहेका माधव घिमिरेले आजबाट आफू कार्यालय नजाने बताए । गाउँपालिका अध्यक्ष गणेश केसीले छिट्टै सूचना प्रकाशित गरेर करारमा कर्मचारी भर्ना प्रकृया सुरु हुने बताए । उनले भने, विशेषज्ञ ल्याएर परीक्षा लिन्छौँ । प्रतिस्पर्धात्मक रुपमा भर्ना हुन्छ । ’

गाउँपालिकाले कृषि, भेटेनरी, ल्याब टेक्निसियन (मानिखेल अस्पतालका बाहेक),१० वर्षसम्म कार्यालय सहायकका रुपमा काम गरेका कर्मचारीको करार अवधि नथप्ने भएको हो।

गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत, सव निञ्जिनियर,खानेपानी तथा सरसफाई टेक्निसियन, आईएमएस अपरेटर, फिल्ड सहायक,उद्यम विकास सहजकर्ता, कानुनी सहजकर्ता बाहेकका कर्मचारीको करार अवधि थप नगर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ५६ बजे

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता

दर्जनौँ बैंक विलय भएर यसरी बने नेपालमा ‘मेगा बैंकहरू’

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाएर

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल