गजल, कविता, साहित्य लेखिएका ३५० सवारीसाधन कारबाहीमा « Khabarhub

गजल, कविता, साहित्य लेखिएका ३५० सवारीसाधन कारबाहीमा


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५०  सवारी साधनलाई कारबाही गरेको छ ।

उक्त सवारी साधनलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सवारी साधनमा लेखिएका अश्लील, अपाच्य गालीगलौज, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजल र साहित्यलगायतका लेख हटाउन थालेको हो ।

अगाडिका सवारी साधनमा लेखिएका त्यस्ता लेखप्रति पछाडि गुडिरहेका अन्य सवारी चालकको ध्यान जाँदा दुर्घटना हुने गरेको पाइएकाले यस्ता लेख हटाउन अभियानकै रुपमा लागेको ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।

सवारी साधनमा समाजमा पच्न नसक्ने तथा विभिन्न वर्ग, समुदायलाई असर पर्ने लेख र दुई अर्थी शब्द देखिने गरेकाले अभियानमार्फत हटाउन थालेको उनले बताए। उक्त अभियानले सवारी दुर्घटनामा न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यस किसिमका साहित्य लेखिएका सवारी साधनलाई रोकेर स्टिकर भए उप्काएर हटाउने र लेखिएको भए मेट्ने कार्य गरिएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीले सवारी साधनका सिसामा कालो प्लास्टिक टाँस्ने गरेको पाइएकाले त्यस्ता कार्यलाई समेत बन्देज लगाएको छ । सवारी साधनमा कालो स्टिकर टाँस्दा भित्र के भइरहेको छ भन्ने देख्न नसकिने भएकाले हटाउन लगाइएको प्रहरी नायब निरीक्षक नेपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ४५ बजे

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको