पारमाणविक भट्टी सञ्चालन अनुमति निजी क्षेत्रलाई दिन नहुनेमा सांसदहरुको जोड « Khabarhub

पारमाणविक भट्टी सञ्चालन अनुमति निजी क्षेत्रलाई दिन नहुनेमा सांसदहरुको जोड


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अति संवेदनशील मानिने पारमाणविक तथा रेडियोधर्मी पदार्थको भट्टी निर्माण वा सञ्चालनको अनुमतिमा सचेत नभए त्यसबाट उत्पन्न हुने परिणाम जोखिमपूर्ण हुने देखिएको छ ।

पारमाणिक क्षेत्रमा नेपाल कमजोर मुलुक भएकाले शक्ति केन्द्रले नाजायज फाइदा उठाउनेतर्फ ध्यान नदिइए गम्भीर खतरा उत्पन्न हुने बहस संसद्मा पुगेको छ ।

मुलुकमै पहिलो पटक ल्याइएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ २०७५, का व्यवस्थामा सांसद्हरु घोत्लिन थालेका हुन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन सो विधेयकमा संशोधन हाल्ने अधिकांश सांसदहरु पारमाणविक तथा रेडियोधर्मी पदार्थको उत्पादनमा निजी क्षेत्रलाई सञ्चालनको अनुमति नदिएर यसलाई राज्यको पूर्ण स्वामित्वमा ल्याउनुपर्ने पक्षमा देखिएका छन् ।

विधेयकमाथि १७ सांसदले संशोधन हालेका छन् ।

विधेयकको दफा ६ मा प्राविधिक र व्यावसायिक क्षमता भएका कुनै पनि व्यक्ति वा संस्थाले पारमाणविक पदार्थ तथा रेडियोधर्मी पदार्थ र संयन्त्रसम्बन्धी क्रियाकलाप वा अभ्यास, सञ्चालन गर्न इजाजत लिनसक्ने उल्लेख छ ।

विधेयकको दफा २७ मा कुनै पनि व्यक्ति वा संस्थाले पारमाणविक अनुसन्धान भट्टी निर्माण वा सञ्चालन गर्न वा तत्सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न सक्ने उल्लेख छ । तर निजी क्षेत्रलाई अनुमति दिने वा नदिने भन्नेमा भने कुरा गम्भीर छलफलको विषय बनेको छ ।

सांसद्हरुको रायपछि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि निजी क्षेत्रलाई खुला गर्न नहुने पक्षमा देखिए । “प्राइभेटलाई नदिउँ भन्ने विषयमा म सकारात्मक छु, तर विज्ञान र प्रविधिको उत्पादनसँग जोडिएकाले प्रभावकारी हस्तक्षेप गर्न भने जरुरी छ”, मन्त्री पोखरेलले भने ।

सांसद योगेश भट्टराई संसद्मा पहिलो पटक आएको, गम्भीर प्रकृतिको भएको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने खालको भएकाले भविष्यको असरप्रति ध्यान दिएर विधेयक ल्याउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ४ : ३८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १५ गते मंगलबार तदनुसार

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव