देशका विभिन्न स्थानमा पाँच जना मृत फेला  « Khabarhub

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला 


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोल्पा, कपिलवस्तु, दाङ, काठमाडौं र चितवनमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका–४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

कपिलवस्तुको महाराजगंज नगरपालिका–११ प्रभातनगर बस्ने ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

दाङको घोराही उपमहानगरपालिका–३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका–५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–८ पशुपति राम मन्दिर नजिक हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीको बिच भागको टापुमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ४३ बजे

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज

हाम्रा मान्छे कहाँ छन् ? अब कहाँ जाने ? (तस्बिरहरू)

काठमाडौं– भोटेकोसीमा आएको विनाशकारी बाढीले घरबारविहीन बनेपछि रसुवा र नुवाकोटका

यी हुन् मन्त्रिपरिषद्‌का मुख्य तीन निर्णय  

काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।

सरकार भन्छ : ३ हजार २५३ जनाको सकुशल उद्धार भयो

काठमाडौं– नेपाल सरकारले बाढीमा परेका ३ हजार २५३ जनाको सकुशल