युक्रेनमाथि युद्ध छेडेर इरान भ्रमणमा पुटिन | Khabarhub Khabarhub

युक्रेनमाथि युद्ध छेडेर इरान भ्रमणमा पुटिन

सिरियाको द्वन्द्वबारे चिन्ता, शान्तिवार्ताको खोजी !



काठमाडौँ : गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो पहिलो विदेश भ्रमणका क्रममा इरानको राजधानी तेहरान पुगेका छन् ।

सिरियामा जारी द्वन्द्वबारे त्रिपक्षीय वार्ता गर्न राष्ट्रपति पुटिन तेहरान पुगेको इरानको प्रेस टिभीको अनलाइन संस्करणले जनाएको छ ।

प्रेस टिभीका अनुसार सिरियाली द्वन्द्वबारे इरान र टर्कीका राष्ट्रपतिहरुसँग छलफल गर्नका लागि पुटिन तेहरान आइपुगेका हुन् । युक्रेनमाथि युद्ध थालेर उनी किन सिरियाको द्वन्द्वबारे चिन्तित बन्दै तेहरान पुगे ? अन्तर्राष्ट्रिय विश्लेषकहरुले यसको खोजी गरिरहेका छन् ।

तर रुसी प्रशासन क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार यो छलफलमा इरानी राष्ट्रपति इब्राहिम रइशी र टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानको पनि सहभागिता रहने छ । एर्दाेगान यसअघि नै इरान आइसकेको जनाइएको छ ।

छलफलपछि उनीहरुले संयुक्त वक्तव्य जारी गर्ने प्रेस टिभीले जनाएको छ । छलफलपछि जारी गरिने घोषणापत्र यसअघि नै तयार भइसकेको र यसमा सहमति पनि लगभग जुटिसकेको जनाइएको छ । इरान भ्रमणका क्रममा पुटिनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसँगसमेत भेटवार्ता गर्ने कार्यक्रम छ ।

अचानक इरान भ्रमण किन ?

युक्रेनमाथिको आक्रमण जारी रहँदा पुटिनले इरानको भ्रमण गर्नुलाई निकै चासोपूर्वक हेरिएको छ । इरानमै रहेका टर्कीका राष्ट्रपति एर्दोगानसँग पनि पुटिनले भेटवार्ता गर्नसक्ने बताइएको छ ।

युक्रेनमा रुसले आक्रमण थालेबाट नै टर्कीले दुई मुलुकबीच मध्यस्थताको प्रयास गरिरहेको छ । यसैक्रममा टर्कीले दुबै मुलुकका प्रतिनिधिलाई इस्तानबुल सहरमा डाकेर शान्ति वार्ताको पहल गरेको थियो ।

यद्यपि पुटिनको इरान भ्रमणको प्रमुख एजेण्डामा भने सिरियामा जारी युद्ध नै रहेको बताइएको छ । रुस, टर्की र इरान सिरियामा जारी द्वन्द्वको समाधान गर्ने प्रयास ‘अस्ताना शान्ति प्रक्रिया’ को ग्यारेन्टीकर्ता मुलुकहरु समेत हुन् ।

यसअघि टर्कीले कुर्दिस लडाकु समूहविरुद्ध उत्तरी सिरियामा पुनः सैनिक कारवाही गर्ने चेतावनी दिएको थियो । यद्यपी रुस र इरानले भने टर्कीको उक्त चेतावनीको कडा विरोध गरेका थिए ।

टर्कीले पूर्वी टर्की र उत्तरी सिरियामा बेग्लै कुर्दिस्तान राज्यको माग गर्दै युद्धरत कुर्दिस्तान वर्कर्स पार्टी पीकेकेविरुद्ध दशकौँदेखि सैनिक कारवाही गर्दै आएको छ । यसक्रममा दशौ हजारको मृत्यु भइसकेको छ ।

राष्ट्रपति बसार अल असदको नेतृत्वमा रहेको सिरिया सरकारले भने आफ्नो भूमि कब्जा गर्ने टर्किस नीतिको कडा निन्दा गर्दै आएको छ ।

गत महिना इरानका विदेशमन्त्री होसेइन अमिर अब्दोल्लाहियानले टर्कीको राजधानी अंकाराको भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा उनले इरानले टर्कीको सुरक्षा चासो बुझेको भएपनि सिरियामा अर्को सैनिक कारवाहीले क्षेत्रीय अस्थीरता बढाउने भन्दै यसो नगर्न आग्रह गरेका थिए ।

अर्कोतर्फ पीकेकेसँग संलग्न रहेको बताइने उत्तरी सिरियामा सक्रिय वाईपीजी नामक कुर्दिस लडाकु समूहका प्रमुख कमाण्डर मजलोम अब्दीले भने टर्कीलाई आक्रमण नगराउनका लागि मनाउन रुस र इरानसमक्ष आग्रह गरेका थिए ।

११ वर्षदेखि सिरियामा जारी गृहयुद्धका क्रममा हालसम्म लाखौँ मानिसहरुको मृत्यु भइसकेको छ भने अरु दशौँ लाख शरणार्थी बनेर विदेश पलायन हुन बाध्य भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ७ : ०३ बजे

पोखरा म्याराथनबाट १२ लाख बचत

पोखरा– १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०८१ बाट १२ लाख

ट्रम्पद्वारा थप भन्सार महसुलको चेतावनी, ‘अन्त्यसम्म लड्ने’ चीनको जवाफ

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको दाबी : फागुनसम्म ७१५५ बचतकर्ताको बचत फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले चालु आर्थिक वर्षको फागुन

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

नयाँ दिल्ली- सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि