पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता « Khabarhub

पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन् । 

पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ५१ बजे

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो

यी कारण खुलाउँदै सर्वोच्चले दियो गगन नेतृत्वलाई कांग्रेसको आधिकारिकता

काठमाडौं – सर्वोच्च अदालतले तीन प्रमुख कारण देखाउँदै नेपाली कांग्रेसको

विमलेन्द्र निधिले भने : विशेष महाधिवेशन मैले मानेको छैन, अब पनि मान्दिँन

काठमाडौं – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी आधिकारिकतासम्बन्धी सर्वोच्च

अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन

कांग्रेस विवाद : यस्ता छन् सर्वोच्चले गरेको फैसलाका मुख्य बुँदा

काठमाडौं – सर्वोच्च अदालतले गगन थापा पक्षको नेतृत्व रहेको नेपाली