बलिउडको नेपोटीजमको विषयमा बोले राजकुमार  « Khabarhub

बलिउडको नेपोटीजमको विषयमा बोले राजकुमार 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय बलिउडमा नातावादको विषयमा विभिन्न किसिमका बहसहरु भइरहेका छन् । विशेषतः अभिनेता सुशान्त सिंह राजपूतको निधन भएपछि यस विषयले बढी चर्चा र बहस हुने मौका पायो । नातावाद अर्थात् नेपोटिजमको विषयमा बेलाबखतमा बहस हुने गरेको छ । किनकि बलिउडमा बाहिरका लागि प्रवेश सहज छैन । स्टारकिडले बारम्बार मौका पाउने बलिउडमा बाहिरीलाई मौका पाउनै निकै संघर्ष गर्नु पर्छ । यस्तै संघर्षले बनेका कलाकार हुन् , राजकुमार राव ।

उनी अभिनीत फिल्म हिट : द फस्ट केस’ प्रदर्शनरत छ । यहीँ फिल्मको प्रमोसनको सिलसिलामा उनले नेपोटिजमको विषयमा बोलेका छन् । ‘बलिउडमा नातावाद सकिँदैन । यद्यपि नयाँलाई अहिले प्रशस्तै माध्यम छन् । ओटीटीमा बनिरहेको कन्टेनमार्फत आफूलाई स्थापित गराउन सकिन्छ।’ इन्डिया टुडेसँगको कुराकानीमा ओटिटीमार्फत साथीहरू जयदीप अहलावतले ‘पाताल लोक’ र प्रतीक गान्धीले ‘स्क्याम १९९२’ मार्फत स्थापित भएको उदाहरण समेत उनले उल्लेख गरेका छन् । ‘बलिउडमा नेपोटिजम रहिरहन्छ, तर तपाईंको काम र तपाइको प्रतिभा बोल्छ’, उनले भनेका छन्।

उनले फिल्म बन्ने शैलीमा आएको परिवर्तनलाई नियाली रहेको बताए । ‘कुनै समय हामी सिफोनको साडीमा अभिनेत्रीलाई नचाउन स्विट्जरल्याण्ड पुग्थ्यौँ । अहिले हामीले स-साना कथालाई माध्यम बनाएका छौँ । यी समाजसँग जोडिएकोले दर्शकको प्रिय पनि बने । अब साउथ इन्डियन मेकर्सले हामीलाई लार्जर देन लाइफ फिल्म बनाउने चुनौती दिएका छन् । ‘दर्शकको रुचि बढेकाले हामी पनि त्यसतर्फ लाग्नुको विकल्प छैन’ उनले भने ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ११ : ०३ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको