खानपिनमा सौखिन बलिउड कलाकारहरू  « Khabarhub

खानपिनमा सौखिन बलिउड कलाकारहरू 


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेलिब्रेटी भएपछि उनीहरूले खानपिनमा निकै ध्यान दिने गर्छन । के खाने, के नखाने विज्ञसँगको सल्लाह अनुसार उनीहरूको दिनचर्या हुन्छ । उनीहरूको खाने सेड्युल तिनै विज्ञले तय गर्छन । सञ्चारमाध्यमा आएको खबरलाई आधार मान्ने हो भने अक्षय कुमारले बाहिरी खाना खादैनन् । उनले प्याकेटमा प्याक भएको खानेकुरा खान छाडेको वर्षौँ भइसक्यो । उनको जीवन निकै अनुशासित छ । 

तर, केही बलिउड कलाकार छन् । जसले सामान्य झैँ खानपान पनि गर्ने गर्छन । आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरूलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन चासो राख्छन् । यहाँ बलिउडका लोकप्रिय कलाकारको मनपर्ने खानेकुराको बारेमा उल्लेख गरेका छन्।

बलिउडका बिग बि अर्थात अमिताभ बच्चन उमेरले ७९ वर्ष पुगिसके, तर उनी फिल्ममा निरन्तर सक्रिय छन् । यो उमेरमा पनि उनी फिट छन् । विलासी जीवन बिताए पनि खानेकुराको मामलामा उनी साधारण जीवन अपनाउँछन् । उनी भिण्डी अत्याधिक मन पराउँछन् । उनले यस विषयमा सार्वजनिक रूपमै बोलेका छन् । कहिले कँही उनले खानामा आफ्नै मनोमानी गर्ने पनि बताए । विशेषत मनसुनको समयमा उनी अभिषेकलाई लिएर जिलेबी खान एक धावामा पुग्ने गर्छन ।

बलिउड अभिनेता ऋतिक रोशनको फिटनेशको फ्यान धेरै छन् । डान्स र एक्सनमा उनलाई पछ्याउने टाइगर  श्राफ मात्र हुन् । खाजामा समोसा सबैको प्रिय हो । तर, केही मानिसहरू मोटो भएकै कारण समोसा खान डराउँछन् । तर, अभिनेता ऋतिक रोशन समोसाको सौखिन हुन् । उनले यसलाई पर्याप्त खान पाउदैनन् । तर, उनको प्रिय खानेकुराको लिस्टमा समोसा छ । उनले वारको प्रमोसनको क्रममा कपिल शर्माको शो मै समोसा खाएका थिए । 

आफ्नो बडीलाई लिएर कट्रिना कैफ निकै सतर्क छिन् । हरेक युवती कट्रिना कैफ जस्तो फिट रहने चाहना राख्छन् । तर, कमैलाई थाहा होला, उनी खानको सौखिन हुन् भन्ने। उनलाई पेन केक निकै मनपर्छ । उनी प्रायः पेन केक आफ्नो स्टोरीमा राखिरहेका हुन्छिन् । तर , यो उनले एक साता वा दुई सातामा एक पटक गर्छिन् । उनले कडा डायट फलो गर्दा जुस समेत पिउँदिनन् । अर्थात् नेचुरल सुगर समेत खाँदिनन् । 

कट्रिना झैँ दीपिका पादुकोण दर्शकको प्रिय छिन् । अभिनेत्री दीपिकाले कयौं प्लेटफर्ममा आफू खानेकुराको सौखिन रहेको स्वीकारेकी छन् । तर, उनको फिटनेस हेर्दा उनी खानको सौखिन छिन् भन्ने कुरा पत्याउन मुस्किल पर्छ । दीपिकालाई रसम राइस निकै मनपर्छ । साउथको यो लोकप्रिय खानेकुरालाई उनी बिना हिच्किचाहट खान्छिन् ।

दीपिकालाई बलिउड प्रवेश गराउने अभिनेता शाहरुख खान उमेर भन्दा निकै फिट छन् । शाहरुखको विलासी जीवनबारे जोकोही जानकार छन् । तर, एक समय उनी खानका निकै सौखिन थिए । अहिले खाने र पिउने मामलामा उनी कम सक्रिय रहे पनि कुनै बेला उनको लोकप्रिय खानेकुरा चिकन तन्दुरी थियो । तर , उमेर बढ्दै गएपछि उनले खानपिनमा कन्ट्रोल गरेका छन् । यद्यपि महिनामा एकपटक उनी आफूलाई मन लागेको खाना निर्धक्क खाने गर्छन । 

शाहरुख झैँ बलिउडमा स्टारडम बनाएका कलाकार हुन् सलमान खान । सलमान खानपिनका सौखिन हुन् । उनी मन लाग्दो खान्छन र जिममा धेरै समय बिताउने गर्छन । सलमान बिरयानीको सौखिन हुन् । उनले जब समय पाउँछन्, बिरयानी खाइहाल्छन् । यद्यपि उनले जिम मार्फत आफ्नो बडीलाई अझै फिट राखेका छन् ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  १२ : ४१ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको