'लाइगर' मार्फत बलिउड आए विजय | Khabarhub Khabarhub

‘लाइगर’ मार्फत बलिउड आए विजय


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सन् २०११ मा साउथ इण्डियन फिल्मनगरीमा उदाएका स्टार हुन्, विजय देवराकोण्डा । डेब्यु फिल्ममा त्यति धेरै चर्चा नभएता पनि उनले डेब्युको पाँच वर्षपछि ‘पेल्ली छोपुलु’ मार्फत दर्शकको मन जिते । त्यसपछि उनको हातमा आयो ‘अर्जुन रेड्डी’ । त्यसपछि त उनले करियरको बारेमा सोच्नै परेन । उनलाई एकपछि अर्को फिल्म अफर हुन् थाल्यो । यिनै विजयले बलिउड प्रवेश गरेका छन् ।

आफ्नै फिल्म ‘डियर कमरेड’ को बलिउड रिमेकमा देखिन गरेको करण जोहरको अफरलाई नकारेका विजयको नयाँ फिल्म हिन्दी भाषामा पनि निर्माण हुने भएको छ । फिल्मलाई बलिउडको तर्फबाट करणले नै निर्माण गर्नेछन् । पुरी जगन्नाथको निर्माण तथा निर्देशन रहने फिल्म ‘लाइगर’ मार्फत विजय डिरेक्ट नर्थ इन्डियन अडियन्स कहाँ आइपुगेका हुन्।

फिल्ममा अनन्या पाण्डे, रम्या कृष्ण र रोनित रोयको पनि अभिनय छ । निर्देशक पुरीको ३७ औ फिल्म रहेको यसमा विजयको एक्सन अवतारलाई दर्शकले देख्न पाउनेछन् । फिल्ममा विजयलाई क्रस्रबिड (वर्णशंकर) चरित्रमा प्रस्तुत गरियो भन्ने तथ्यलाई सार्वजनिक ट्रेलरले प्रस्ट्याएको छ। विजयको एक्सन दृश्य र अवतार मात्र हैन, राम्याको शक्तिशाली उपस्थितिले ट्रेलरलाई आकर्षक बनाएको छ। बक्सिङ लिजेन्ड माइक टायसनले पनि उल्लेखनीय केमियो प्रस्तुत गरेका छन् । 

अर्जुन रेड्डीसँगै गीता गोविन्दम पनि विजयको ब्लकबस्टर फिल्म हो । यिनै फिल्म मार्फत उनले बलिउडमा पनि राम्रै फ्यान बनाउन सफल भएका छन् । अब , हेरौ उनलाई हिन्दी भाषामा कस्तो सुनिन्छ । साथै , दर्शकको कमेन्ट कस्तो हुन्छ !

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : २५ बजे

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज– गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन