‘रेस ४’ मा सलमानसँग सैफ ? | Khabarhub Khabarhub

‘रेस ४’ मा सलमानसँग सैफ ?


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ । रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मुस्तानले निर्देशन गरेका थिए । जसलाई दर्शकहरूले पनि रुचाएका थिए । यस्तै यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो । यद्यपि यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन् ।

यतिबेला टिप्सका रमेश चौथो सिरिजको तयारीमा छन् । फिल्मलाई अघिल्लो तिनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन् । यसपटक फिल्मलाई रमेश आफैले निर्देशन गर्ने तयारी समेत थालेका छन् । फिल्ममा तेस्रो भाग मार्फत सदस्य बनेका सलमान खान, पहिलो र दोस्रो भागका सदस्य सैफअलि खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको रहेको छ । यद्यपि यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएका छैनन् । दर्शकले बलिउडको हिट फ़ेन्चाइजहरुको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन् । सलमानले हालै सत्र सम्पन्न एक अवार्ड समारोहमा निर्माता तौरानीले सुरुवाती दिनमा गरेको सहयोगको चर्चा गरेका थिए।  

यसलाई पनि फिल्म बन्ने स्पष्ट संकेतलप रुपमा हेरिएको छ।  पछिल्लो समय बलिउडमा बढ्दो सिनेम्याटिक युनिभर्स र सिरिजको प्रचलनका कारण सलमान र सैफसँगै स्क्रिन सेयर गर्न सहमत भएको बताइएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ४७ बजे

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

गाईघाट– उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा