डेब्यु कुर्दै शनाया  | Khabarhub Khabarhub

डेब्यु कुर्दै शनाया 


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड जति ठुलो छ, यहाँ नोटिस हुन उत्तिकै गाह्रो । बलिउडकर्मीकै सन्तानहरूलाई पनि सुरुवाती दिनमा सहज भएपनि आफ्नो क्षमताले नै स्थापित हुनुपर्छ । यद्यपि उनीहरूलाई डेब्युमा भने सहजता हुने गरेको छ । बलिउड अभिनेता सञ्जय कपूरकी छोरी शनाया कपूर पनि आफ्नो डेब्युको तयारीमा छिन् ।

बलिउड अभिनेत्री शनाया कपूरको डेब्यु फिल्म  ‘बेधडक’ को केही समयअघि घोषणा भयो । अभिनेता सञ्जय कपूरकी छोरी शनाया डेब्यु फिल्मलाई लिएर निकै उत्साहित थिइन् । उनले फिल्मकै लागि केही तयारी पनि गरेकी थिइन् । तर, निर्माण पक्षले यो फिल्म तत्कालका लागि नबनाउने निर्णय लिएपछि उनी दुःखी छन् । फिल्ममार्फत शनायासँगै गुरफतेह सिंह पीरजादा पनि बलिउडमा डेब्यु गर्ने तयारीमा थिए ।

फिल्म ‘बेधडक’ त एक उदाहरण मात्र हो, बलिउडमा यस्ता केही फिल्म छन्, जसको घोषणा भए पनि हालसम्म निर्माण भएका छैनन् । ती फिल्म कहिले निर्माण हुन्छ भन्ने पनि निश्चित छैन ।

बलिउड स्टारकिडलाई डेब्यु गराउने प्राय श्रेय जाने करण जोहरले नै शनायालाई डेब्यु गराउनेछन् । उनले डेब्यु अगाडि उनलाई नोटिस गराउन प्लानिङका साथ अगाडि बढेका छन् । फलतः उनको बोल्ड फोटोसुट गरियो । रंगिन दुनियाँमा पाइला राख्ने तयारी अनुसार उनले आफूलाई नोटिस गराउने हर प्रयत्न पनि गरिन् । तर फिल्म निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

उनी विकिनीमा प्रस्तुत भएको फोटो इन्टरनेटमा भाइरल  समेत भयो। बलिउडमा आउनु अगाडि नै फ्यानको मनमा बस्न शनायाले गरेको प्रयास फिल्म निर्माण नहुँदा खेर गएको छ।  किनकी उनले आफूलाई तयार गर्न हर प्रयास गरेकी छिन्।  तर उनको प्रोजेक्टले पूर्णता पाएन ।  उनको डेब्यु कहिले होला रु यो भने आउँदो समयले नै बताउने छ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : १७ बजे

सुन्दर सपना बोकेर इजरायल गएका विपिन कफिनमा फर्किए

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको आठौँ सेमेस्टरमा अध्ययनरत कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का

जापान पहिलो महिला प्रधानमन्त्रीको दिशामा, नयाँ गठबन्धन बन्न तयारी

एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङ– मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका

नागरिक सुरक्षा प्रहरीको पहिलो प्राथमिकता : एआईजी कार्की

काठमाडौं– काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका

विपिनको शव लिन विमानस्थलमै पुगे राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु

काठमाडौं– इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ ।