कोपा अमेरिकामा जापान र उरुग्वेले अंक बाँडे « Khabarhub

कोपा अमेरिकामा जापान र उरुग्वेले अंक बाँडे


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोपा अमेरिका फुटबल अन्तरगतको दोस्रो खेलमा जापानले अंक बाडेको छ । शुक्रबार बिहान भएको खेलमा जापान उरुग्वेसँग अंक बाडेको हो ।

ब्राजिलमा भएको खेलमा उरुग्वे र जापानले २–२ गोलको बराबरी खेले ।

समूह सी अन्तर्गतको खेलमा उरुग्वेविरुद्ध खेलको २५ औं मिनेटमा जापानले अग्रता बनाएको थियो । जापानका लागि कोजि मियोसिले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको केहि मिनेट भित्रै अर्थात् ३२ औं मिनेटमा उरुग्वेका लुइस स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ गोलको बराबरी पुर्‍याएका थिए ।

त्यस्तै, खेलको ५९ औं मिनेटमा जापानका कोजिले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै उरुग्वेविरुद्ध २–१ अग्रता बनाएका थिए ।

तर, जापानविरुद्ध उरुग्वेका जोस गिमीनेजले ६६ मिनेटमा दोस्रो गोल फर्काएसँगै खेल बराबरीमा पुगेको थियो । पछि दुवै टोलीले गोल थप्न नसकेपछि दुवै टोली अंक बाड्न बाध्य भए ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ४३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार