कांग्रेसले अहंकार देखाउन थाल्यो : माधव नेपाल « Khabarhub

कांग्रेसले अहंकार देखाउन थाल्यो : माधव नेपाल


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा पहिलो दल बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल तामाङ संघ समाजवादीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले आफ्नो पार्टीको मद्दतले नै स्थानीय निर्वाचनमा कांग्रेस पहिलो दल भएको भन्दै पहिलो पार्टी बनेपछि कांग्रेसले अहंकार देखाउन थालेको बताएका हुन् ।

उनले अहिले कांग्रेसले नै आफ्नो पार्टीलाई प्रयोग गरेर आफैलाई बुर्कुसी मार्ने हो कि भन्ने डर पैदा भएको समेत बताए । उनले दुईतिहाइको फुर्ती देखाएकोलाई सडकमा फालेर इतिहासमा नै नयाँ किर्तिमान बनाएको जिकिर गरे ।

अध्यक्ष नेपालले गठबन्धनको डम्फु नबजाई पार्टीलाई सुदृढ बनाउने स्पष्ट पारे । त्यस्तै उनले कम्युनिष्ट पार्टी दुईतिहाइमा पुगेपनि त्यसको सही उपयोग गर्न नसकेको उल्लेख गरे । नेपालले केही व्यक्तिमा अहंकार बढेको र निरंकुश प्रवृति हावी भएका कारण नै कम्युनिष्ट पार्टी विभाजित भएको तर्क गरे  । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ४ : ३२ बजे

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला