भक्तपुरमा रुख ढलेर बस र स्कुटर किच्दा ३ को मृत्यु, दर्जनभन्दा बढी घाइते | Khabarhub Khabarhub

भक्तपुरमा रुख ढलेर बस र स्कुटर किच्दा ३ को मृत्यु, दर्जनभन्दा बढी घाइते


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुवाहक मिनिबस र स्कुटरमाथि बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको बताए । उनका अनुसार मृतक र घाइतेहरूको नाम आउन बाँंकी नै छ ।

काठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनिबस र बा६१प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उनले बताए । उनका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरू थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका उनले जनाए । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै छ । घटना आइतबार दिउँसो १२ बजेतिर भएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  २ : २२ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन