अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : वरिष्ठ नेता पौडेल « Khabarhub

अवरुद्ध विकासको कामले तीव्रता लिन्छ : वरिष्ठ नेता पौडेल


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अवरुद्ध विकासको कामले तीव्रता पाउने बताएका छन्। तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा आज स्थानीयवासीसँगको भेटघाट कार्यक्रममा उनले जिल्लाको विकास निर्माणका लागि चिन्ता नलिन आग्रह गरे।

तनहुँको विकासको जिम्मा आफूले लिएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, “गत प्रतिनिधिसभा निर्वाचनबाट तनहुँका सबै क्षेत्रमा कम्युनिष्टले जितेपछि विकासको कामले गति लिन सकेन, यो बीचमा ठूला योजना सञ्चालन हुन सकेनन्, तर अब जिल्लाको विकासको जिम्मा म लिन्छु ।” वरिष्ठ नेता पौडेलले जिल्लाले विकासमा काँचुली फेर्ने बताए।

विगतमा राष्ट्रिय राजनीति र राष्ट्रिय मुद्दामा व्यस्त रहनुपर्दा जिल्लामा कम मात्रै आउने गरे पनि आफू जिल्लाको विकासका लागि सधैँ क्रियाशील रहेको उनको भनाइ थियो । नेता पौडेलले आजै व्यास नगरपालिका र भानु नगरपालिकाका विभिन्न ठाउँमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । व्यास–७ का छापथोक, मेवावारी, जौबारी र गैह्रीस्वाँरा तथा भानु–१३ का पोखरीछाप, टुटेपानी, बाँसपानी, बयापानी, ओख्ले, रायपाली, अर्चले, रतनपुर र आहालेमा जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ४ : २२ बजे

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनधि सभाको आजको दोस्रो बैठकमा सार्वजनिक खरिद प्रणालीलाई अझ

इरानी विदेशमन्त्रीको चेतावनी : हर्मुज जलमार्गमा हुने कुनै पनि चुनौतीले ‘तनाव बढाउनेछ’

बग्दाद– मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि

गृह मन्त्रालयको कर्मचारी भन्दै प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ

काठमाडौं- आफूलाई गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष

वामपन्थी सहकार्यमा ढिलाइ नगरौँ : संयोजक प्रचण्ड

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’