बस नदीमा खस्दा केन्यामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो « Khabarhub

बस नदीमा खस्दा केन्यामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक केन्यामा बस नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । राजमार्गमा कुदिरहेका बेला बस नदीमा खसेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटना भएको थाहा पाउनेबित्तिकै सुरक्षाकर्मी, उद्धारकर्ता र स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा खटिएको केन्या रेडक्रस सोसाइटीले जनाएको छ ।

देशको मध्य भागमा पर्ने मेरुबाट राजधानी नैरोबीतर्फ गइरहेको बेला बस निथी नदीमा खसेको हो । बस राजमार्गबाट ४० मिटर तल खसेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परेका अरु २० भन्दा बढी यात्रुलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराइएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

शुरुमा दिएको जानकारीमा यस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको जनाइएको थियो ।

गम्भीर अवस्थामा रहेका छ जनाको मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको बताइएको छ । स्पष्ट कारण नखुलेपनि बस तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ३ : २२ बजे

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

संविधानका त्रुटि सच्याउनुपर्छ, देश बिग्रँदा सबैलाई क्षति हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका