ट्याटु खोपाएर 'ब्ल्याक एलियन' बन्न खोज्नेलाई कसैले जागिर दिएन, जीवन काट्नै धौ धौ | Khabarhub Khabarhub

ट्याटु खोपाएर ‘ब्ल्याक एलियन’ बन्न खोज्नेलाई कसैले जागिर दिएन, जीवन काट्नै धौ धौ


१० श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा मानिसहरुका धेरै सोखहरु हुने गरेका छन् । मानिसहरु अनौठा काम गरेर चर्चामा आउन चाहन्छ । तर, आफूलाई अनौठो बनाएर चर्चामा आउन खोज्ने एकजना फ्रान्सेलीलाई भने आफ्नो सोख नै समस्या बनेको छ ।

फ्रान्सका ३२ वर्षीय एन्थनी लोफ्रेडोलेले आफूलाई अनौठो बनाउन अनुहार र शरीरभरी ट्याटु खोपाएका छन् । शरीरभर ट्याटु खोपाएका उनले आफूलाई ‘ब्ल्याक एलियन’ को रूपमा परिणत गरेका छन् ।

आफ्नो पूरा शरीरभर ट्याटु बनाइसकेका उनले आँखाको नानीमा समेत ट्याटु बनाएका छन् ।

एन्थनीले आफ्नो नाक र माथिल्लो ओठ पनि काटेर हटाएका छन् भने माथिल्लो ओठ हटाएको र जिब्रो काटेपछि उनलाई बोल्न समेत समस्या भइरहेको छ ।

किर्तिमानी बन्ने एन्थनीलाई अहिले कुनै कम्पनीले पनि जागिर नदिएपछि भने उनी समस्यामा परेका छन् । उनलाई कसैले पनि जागिर नदिएपछि दैनिक गुजारा चलाउन नै धौ धौ परेको छ ।

‘मैले जागिर भेटिरहेको छैन, यहाँ धेरै नकारात्मक कुराहरुमात्र सुनिन्छन् । यो सकारात्मक पनि हुनसक्छ किनकी तपाईँ यसबाट राम्रो महसुस गर्नुहुन्छ तर यहाँ नकारात्मक पक्ष पनि छन् ।’ एन्थोनीलाई उद्धृत गर्दै लास्टली डट कमले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ७ : ४१ बजे

सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च

अर्थमन्त्री खनालबाट अमेरिकी चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि

विल्सनले ‘सोल्टिनी’लाई हेपेर ‘मैझारो’ जुधाउन ल्याएका हुन् ?

काठमाडौं – कात्तिक ६ गते भाइटीकाकाे दिन पारेर फिल्म ‘सोल्टिनी’

बेनी–दरवाङ सडक सञ्चालनमा

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग