विश्व इतिहासमा आज : हवाई प्रदर्शनमा दुर्घटनादेखि युगान्डामा सैन्य कुसम्म « Khabarhub

विश्व इतिहासमा आज : हवाई प्रदर्शनमा दुर्घटनादेखि युगान्डामा सैन्य कुसम्म


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन ११ गते बुधबार । सन् २०२२ को जुलाई २७ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका महत्त्वपूर्ण घटनाक्रम :

सन् २०१२ जुलाई २७ मा लन्डनमा आयोजना भएको २०१२ ग्रीष्मकालीन ओलम्पिक रानी एलिजाबेथ द्धितीयले औपचारिक उद्घाटन गरिन् । यो लन्डनमा आयोजना भएको तेस्रो ओलम्पिक थियो । ६४ वर्षको अन्तरालपछि बेलायतले ३०औँ ओलम्पिकको आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।

सन् २००२ जुलाई २७ मा युक्रेनमा आयोजित हवाई प्रदर्शनमा दुर्घटना भएको थियो । युक्रेनको लभिभमा अवस्थित स्किनियालाइभ एयरफिल्डमा भएको सो प्रदर्शनमा सुखोइ सु–२७ फाईटर विमान दुर्घटना हुँदा ८५ जनाको मृत्यु हुनुको साथै १०० जनाभन्दा बढी घाइते भएका थिए ।

सन् १९८५ जुलाई २७ मा अफ्रिकी मुलुक युगान्डामा सैन्य कुद्वारा राष्ट्रपति मिल्टन ओबोटे सत्ताच्युत भएका थिए ।

सन् १९८० जुलाई २७ मा इजिप्टको कायरोस्थित इरानका अन्तिम शाह मोहम्मद रेजा शाह पहलावीको मृत्यु भएको थियो।

सन् १९७४ जुलाई २७ मा न्यायिक समितिले अमेरिकाको ३७औँ राष्ट्रपति रिचर्ड एम. निक्सनलाई महाभियोग लगाउन र पदबाट हटाउन सिफारिस गरेको थियो । महाभियोग प्रक्रिया निक्सन प्रशासनमा सामूहिक रुपमा भएको वाटरगेट घोटालाहरुमा संलग्न भएका कारण सिफारिस भएको थियो ।

सन् १९४० जुलाई २७ मा बग्स् बनी नामक कार्टुन् पात्रको औपचारिक डेब्यू भएको थियो । अ वाइल्ड हेर नामक कार्टुन फिल्ममार्फत बनीको डेब्यु भएको थियो । बग्स बनी वार्नर्स् ब्रदर्सको सबैभन्दा प्रसिद्ध पात्र मध्ये एकमा पर्दछ ।

सन् १९२१ जुलाई २७ मा क्यानडाका चिकित्सक फ्रेडरिक ब्यान्टिङ र चिकित्सा शास्त्रका विद्यार्थी चार्लस बेस्टले इन्सुलिन हर्मोनलाई पहिलो पटक आइसोलेट गर्न सफल भए । मधुमेह रोगको उपचारको इतिहासमा यो महत्त्वपूर्ण योगदान थियो ।

सन् १९०५ जुलाई २७ मा सिकागोमा इन्टरनेशनल वर्कर्स अफ द वल्र्ड नामक एक मजदुर संस्था स्थापना भएको थियो ।

सन् १८९० जुलाई २७ मा प्रसिद्ध पेन्टर भिन्सेन्ट भान गोगले आफैले आफ्नो छातीमा गोली प्रहार गरेर आत्महत्या गरेका थिए । सोहि गोली प्रहारको घाउका कारण भिन्सेन्टको दुई दिनपश्चात् मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ०५ बजे

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक केसीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर केसीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक